गण्डकी प्रदेशका मुख्मन्त्री पृथ्बीसुब्बा गुरुङले संसदबाट विश्वासको मत गुमाएका छन्। यो सँगै गण्डकी प्रदेशमा गुरुङको सरकार ढलेको छ।
विश्वासको मतको प्रस्ताव राखेका गुरुङले प्रदेश सभाको बैठकमा भएको मतदान प्राप्त गर्न नसक्दा उनि कमजोर बन्न पुगेका छन्।
गुरुङले पक्षमा ३१ मत ल्याउनुपर्नेमा जम्मा २७ मतमात्र प्राप्त गरेका छन् भने उनको विपक्षमा ३० मत प्राप्त गरेको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरेका थिए।
संसदमा ५८ जना सांसद उपस्थित भएपनि १ जना तटस्थ रहदा जम्मा ५७ मत मात्र खसेको थियो। संसदमा १ जना सांसद अनुपस्थित रहेका थिए।
तटस्थ रहनेमा जनमोर्चाबाट कारवाहीमा परेका कृष्ण थापा रहे भने, दिपक मनाङ्गे (राजिव गुरुङ)अनुपस्थित रहेका थिए।

अन्तिम पटक अध्यावधिक गरिएको 185 Viewed

प्रतिक्रिया दिनुहोस्