पोखरा : राष्ट्रिय संगितकर्मी संघ कास्कीले ४३ घरपरिवारलाई राहत वितरण गरेको छ।
कोभिड १९ को कारण सबै क्षेत्र प्रभाबित भएको र यसबाट कलाकार पनि अछुतो नरहेको हुदाँ राहत वितरण गरेको कार्यक्रम संयोजक कपिल श्रेष्ठले जानकारी गराए।
सबै क्षेत्रका दुखमा पर्दा हरपटक सहयोग गरेको र यो पटक पनि लकडाउनको बेला सहयोग गरेको कुरा कास्कीका अध्यक्ष ऋषिराम दाहालले बताए । राहत लिदै सुत्केरी महिलाका श्रीमान् युवराज बजगाईले राष्ट्रिय संगितकर्मी संघ कास्कीप्रति धन्यवाद ब्यक्त गरेका छन् ।
समाजसेवी तथा खाष्टे ताल विकास समितिको अध्यक्ष हरिप्रसाद अधिकारीले राष्ट्रिय संगितकर्मी संघ कास्कीले राहत बितरण गर्दा खुसि व्यक्त गर्दै संगीतकर्मी संघ कास्कीसँग कुनै पनि सहयोग गर्ने बताए । भने समाजसेवी ईन्द्र राज रानाभाटले समाज सेवामा राष्ट्रिय संगितकर्मी संघ अग्रभागमा रहेर काम गरेको बताए ।
बरिष्ठ पत्रकार भिमनिधि बरालले संघको नियमित कार्य प्रती धन्यवाद दिएका छन्। राष्ट्रिय संगितकर्मी संघ कलाकारको हकहित सगै सामाजिक उत्तरदायित्व वहन गर्दै जाने संस्था रहेको कास्की जिल्ला ईन्चार्ज लिला पौडेलले बताए ।
संगितकर्मी संघ कास्कीको राहत वितरणलाई समर्थन गर्दै आगामी दिनमा संयुक्त रुपमा काम गर्न इच्छा भएको दोहीरी ब्यबसाय संघ कास्कीका कोषाध्यक्ष जय कुमार परिवारले बताए ।
राहत वितरण लकडाउन अबधि भर रहने र यसको सबै सुचना आम नेपाली टिभीले दिने कार्यक्रम सह–संयोजक राजन सुबेदीले बताएका छन। कार्यक्रममा सस्थाका सल्लाहकार फर्ष बहादुर भाट क्षेत्री, सल्लाहकार नारायण प्रसाद सिक्देल संगठन बिभाग प्रमुख ईश्वर राज भण्डारी समाजसेवी मित्रलाल सिक्देल सहभागीता रहेका थिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 94 Viewed

प्रतिक्रिया दिनुहोस्