पोखरा । पोखरास्थित ट्रेजरर लाउन्ज बारले कोरोना महामारीमा सहयोग अभियान निरन्तर अगाडि बढाउदै लगेको छ।
दोस्रो चरणको कोभिड संक्रमण दैनिक बढ्ने क्रम सँगै बारले पोखराका विभिन्न स्थानमा आवश्यक अनुसार सहयोग गर्दै आइरहेको छ।
केही समय अगाडि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पानी र जुस सहयोग गरेको बारले पोखरा १३ मा माक्स वितरण गरेको हो ।
पोखरा १३ स्थित विभिन्न टोल विकास संस्था र युवा क्लवमा माक्स वितरण गरिएको हो । बारका सञ्चालक एवं कांग्रेसका युवा नेता किरण बरालले माक्स वितरण गरेका हुन् । उनले संक्रमण समाजमा समेत गरिसकेको हुँदा यसलाई केही मात्रामा भएपनि व्यक्तिगत सरसफाई र सुरक्षामा ध्यानमा दिई भौतिक दुरी कायम गरेमा बढ्दो संक्रमणलाई न्युनिकरण गर्न सकिने हुँदा आवश्यक स्वास्थ्य सामाग्री वितरण गरेको बताए।
नेता बरालले विभिन्न १३ वटा टोल विकास संस्था र क्लवलाई माक्स प्रदान गरिएको जानकारी दिए । आफ्नो काममा सघाउने युवा व्यवसायी नेता रवी बराल, तरुण दल जिल्ला सदस्य मधु श्रेष्ठ र नेता राजकुमार बराललाई धन्यवाद व्यक्त गरेका थिए।