गण्डकी प्रदेशमा कोभिडकाको उपचारको लागि आवश्यक औषधि नेपाल औषधि व्यवसायी संघ गण्डकी प्रदेशले सहज उपलब्ध गराउने भएको छ।
कोभिड संक्रमण दैनिकी बढ्दै गइरहँदा बजारमा कोरोनाको उपचारमा आवश्यक औषधिहरु नपाउँदा विरामी र आफन्तहरुले सास्ती व्यहोर्दै आइरहेका थिए।
निरन्तर को पहल पछि, कोरोना को उपचार मा आबस्यक पर्न सक्ने टोकिल्जुमव इन्जेक्सन अक्टेमरा (Actemra Tocilizumab 400mg/20 ml) अब पोखरा मै सहज उपलब्धता गराउने गण्डकी औषधि व्यवसायी संघका अध्यक्ष कृष्ण पाण्डेले बताए।
विरामीको आफन्तले औषधि लिन आउँदा विरामी भर्ना भएको अस्पतालको सिफारिस पत्र, विरामीको पुर्जा, पिसिआर रिपोर्ट, औषधि लिन आउने व्यक्तिको परिचय खुल्ने कागजातको फोटोकपी आवश्यक पर्ने संघले बताएको छ। औषधिको अभिलेख राख्न, औषधि सम्बन्धित व्यक्तिले पाउनको लागि र बजारमा सहजीकरण गर्नको लागि सामान्य काजगातको फोटोकपी राखिने संघले जानकारी गराएको छ।
हाल पोखरा बागलुङ बसपार्कमा रहेको साहारा हस्पिटल प्रा.लि.मा पाइने अध्यक्ष पाण्डेले बताए। उक्त औषधिको प्रति भायल ५९ हजार ८ सय पचास रुपैयामा विक्री गरिएको छ। अति आवश्यक परेको खण्डमा ९८५६०३३८०६, ९८५६०२४८९९, ९८५६०२३०७९ मा सम्पर्क गर्न सकिनेछ ।
उक्त औषधि अमेरिकामा २ हजार डलर, भारतमा भारु ४० हजार ५ सय पर्ने जानकारहरु बताउछन्।