पाकिस्तानको दक्षिणी क्षेत्रमा दुई वटा यात्रुवाहक रेल जुध्दा कम्तीमा ३० जनाको मृत्यु भएको छ।
एउटा रेल लिकबाट बाहिरिएपछि दोस्रो रेल त्यसमा जोतिन आइपुगेको अधिकारीहरूले बताएका छन्।
उनिहरुका अनुसार दुर्घटनामा दर्जनौँको संख्यामा घाइते भएको र मृतकको संख्या अझ बढ्न सक्ने बताइएको छ। । दुर्घटना सिन्ध प्रान्तमा भएको थियो।
सोमवार विहान कराचीबाट आइरहेको मिल्लत एक्सप्रेस रेल लिक छोडे लगत्तै रावलपिण्डीबाट आइरहेको सर सैयद एक्सप्रेस रेल त्यसमा ठोक्किएर पल्टीएको थियो।
उद्धारमा खटिएका टोलीहरूले घाइतेहरूलाई नजिकैका अस्पताल लगेका छन्। कैयन् घाइतेहरूको अवस्था गम्भीर रहेको बताइएको छ।
घोट्की जिल्लाका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै दुर्घटनामा आठ वटा डिब्बा ध्वस्त भएको र त्यसकारण फसेका यात्रुलाई निकाल्न कठिनाइ भएको बताइएको छ।