कोरोना माहामारीका कारण पोखरामा भएको रगत अभावलाई सहयोग गर्न रेडियो सराङ्गकोटको समन्वयमा गरिएको तेस्रो चरणको रक्तदानमा ४४ युनिट रगत सङकलन भएको छ ।

रेडियो सराङ्गकोटको आब्हानमा लायन्स क्लब अफ पोखरा सराङ्गकोट र लायन्स क्लब अफ पोखरा तालबाराही को संयोजनमा पोखरा १८ सराङ्गकोट पिपलडाडी र सराङ्गकोट भ्यु पोइन्ट मा रगत संङकलन गरिएको थियो ।

माहामारीमा मनवीय सहयोग सहर्काय सँगै बजार बाट केही टाढा रगत सङ्कलन गर्दा समाजमा सकरात्मक एकताको संन्देश गएको रेडियो सराङ्गकोटका कार्यकारी निर्देशक कृष्ण थापाले बताए ।

रेडियोले जेष्ठ महिनाभर अन्य संधसंस्थाको सहर्कायमा फरक फरक घुम्ती रक्तदान सँगै आकस्मिक सहयोगका कार्यक्रम हरु गर्दै आएको सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेम बहादुर जि. सी ले बताए । रक्तदान कार्यक्रम को शुभाराम्भ गर्दै लायन्स रक्तदान कार्यक्रम प्रमुख बालकृष्ण शर्माले माहामारीमा मानवीय कार्यले महत्वपुर्ण भुमिका खेल्ने बताए ।

लायन्स क्लब अफ पोखरा तालबारहीका अध्यक्ष नारायण प्रसाद पौडेल को सभापत्तित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सदस्य आस बहादुर गुरूङ्ग, लायन्स कलस्टर प्रमुख ऋषि गिरी, लायन्स क्लब अफ पोखरा तालबारहीका संस्थापक अध्यक्ष भिष्म राज पौडेल , पुर्ब अध्यक्ष दिपिन्द्र राई , लायन्स क्लब अफ पोखरा सराङ्गकोटका अध्यक्ष मोतिलाल तिमिल्सिना , सराङ्गकोट टप टोल संस्थाका अध्यक्ष शुशिल जि. सी, रेडियो सराङ्गकोटका निर्देशक छविलाल तिमलसिना, सराङ्गकोट धार्मिक पर्यटन क्षेत्र बिकास समितीका महासचिव शम्सेर बहादुर थापा, जनजागृत मा.वि का अध्यक्ष दिल वहादुर जि.सी, रेडियोका व्यवस्थापक योगेन्द्र श्रेष्ठ , पिपल डाडी टोल संस्थाका उपाध्यक्ष बुद्धि पुन , महिला समाजका अध्यक्ष तारा पुन, पंडीत सोमनाथ सुवेदी , कार्यक्रम संयोजक शिव प्रसाद तिमिल्सीना लगायतले रत्तदानको महत्व माथि प्रकाश पारेका थिए ।

रगतको विकल्प औषधी नभएकाले रक्तदान रोगको औषधी मात्रै नभइ मानवीय कार्य भएकाले यस माहामारीमा थप सहयोग आवश्यकता रहेकाले सबैको सहभागिता रहनु पर्ने रक्तसंचार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले बताए ।