काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र हेरफेर गरेका छन् । उनले आज जनता समाजवादी पार्टीलाई सरकारमा समावेश गरी मन्त्रिमण्डल पुर्नगठन गरेका हुन् ।
नव नियुक्त मन्त्रीहरुलाई आजै सपथ ग्रहण गराउने तयारी भएको शितलनिवास स्रोतले जानकारी गराएको छ।
समाजवादी पार्टीका १० जना सहितको मन्त्रिमण्डलमा केही नेकपा एमालेबाट मन्त्री रहेका दोहोरिएका छन् केही नयाँ अनुहारलाई पनि समेटेका छन् ।
एमालेबाट मन्त्री भएका विष्णु पौडेललाई उपप्रधान तथा अर्थमन्त्री र रघुवीर महासेठलाई उपप्रधानसहित परराष्ट्रमन्त्रीको जिम्मेवारी दिएको छ। भने कृष्णगोपाल श्रेष्ठलाई शिक्षामन्त्रीमा, वसन्त नेम्वाङलाई भौतिक पूर्वाधारमन्त्रीमा, लीलानाथ श्रेष्ठलाई कानुनमन्त्रीको जिम्मेवारी दिइएको छ।
महन्थ ठाकुर पक्षका जनता समाजवाद पार्टीका ८ नेतालाई मन्त्री र दुईजनालाई राज्यमन्त्री जसमा जसपाबाट मन्त्री भएका राजेन्द्र महतोलाई उपप्रधान तथा शहरी विकासमन्त्रीमा, शरतसिंह भण्डारीलाई ऊर्जामन्त्रीमा, अनिलकुमार झालाई खानेपानीमन्त्रीमा, लक्ष्मणलाल कर्णलाई भूमिव्यवस्थामन्त्रीमा, विमल श्रीवास्तवलाई श्रममन्त्रीमा, चन्दा चौधरीलाई महिला, बालबालिकामन्त्रीमा, उमाशंकर अरगरियालाई वनमन्त्रीमा, एकवाल मियाँलाई युवा तथा खेलकुदमन्त्रीमा, चन्द्रकान्त चौधरीलाई ऊर्जा राज्यमन्त्रीमा, रेणुका गुरुङलाई महिला तथा बालबालिका राज्यमन्त्रीमा नियुक्त गरिएको छ।