जागौं नेपाल राष्ट्रिय अभियान प्रवास समितिद्वारा रवि लामिछाने फाउण्डेशनलाई १ लाख ११ हजार १ सय ११ रुपैया सहयोग सहयोग गरेको छ।
नेपालमा भइरहेका वेथिति र विसंगतिलाई चिरि आम सभ्य समाजको निर्माण गर्ने उद्देश्यका सञ्चालन भएको जागौं नेपाल राष्ट्रिय अभियान प्रवास समितिले संकलन गरेको उक्त रकम फाउण्डेशनलाई हस्तान्तरण गरेको हो।
जागौं नेपाल “अन्याय, अत्याचार, बिकृती र बिसङ्गती, सुशासन, महिला हिंसा विरुद्धको सूचना बेस समाज निर्माण गर्नु हाम्रो आजको अभियान” भन्ने मुल नारामा आधारित भई विभिन्न समयमा समाजका विकृति र विसंगतिलाई आम मानसमा पर्दाफास गर्ने काम गर्दै आइरहनुका साथै समस्या परेका स्थानमा सहयोग समेत गर्दै आइरहेको छ।
जागौं नेपाल राष्ट्रिय अभियानका संयोजक दिपक आचार्य माधब पनेरु र बिशेष पन्तहरुले उक्त रकम फाउण्डेशनका रवि लामिछानेलाई हस्तानतरण गरिसकेपछि सुशासनको पक्षमा भ्रस्टाचारको बिरुद्द जागौ नेपालले गर्दै आएको काम र आगामी दिनमा समेत के कसरि राम्रा कार्य गर्न सकिन्छ भन्ने बिषयमा समेत छलफल भएको पत्रकार माधब पनेरुले बताए। रबि लामिछाने फाउन्डेसनले काठमाण्डौमा जनमैत्री अस्पताल संचालन गरी गरीब तथा असहाय नागरिकलाई निशुल्क उपचार गर्ने कार्य गरिरहेकोले उक्त रकम फाउण्डेशनलाई सहयोग गर्नु भनेको गरिब र असहाय नागरिकलाई सहयोग गरे बराबर रहेको समेत पत्रकार पनेरुले जानकारी गराए।
२०७७ साल मंसीरमा गठन भएको जागौं नेपाल राष्ट्रिय अभियानको पाँच सय एक सदस्यीय भेला आयोजक समिति गठन भएको छ भने प्रबासमा विभिन्न २५ वटा प्रबास समिति रहेका छन् । २५ मध्ये जागौं नेपाल प्रवास समिति साउदी अरब समिति, साइप्रस, जापान, कतार, मलेशिया, दुबइ लगाएतका बिभिन्न देशबाट रकम संकलन भएको थियो ।
जागौ नेपाल क्रोएशिय समिति उक्त देशमा रहेको एक मात्र नेपाली समिति हो। जसबाट ५० हजार सहयोग संकलन भएको जानकारी संयोजक दीपक आचार्यले बताए। यसैगरी १० वटा प्रबास समितिले संकलन गरेको रकम फाउन्डेसनलाई हस्तान्तरण गरेको हो । जागौं नेपाल प्रवास समिति ले सुरुवात गरेकोे मानवीय सेवा सहयोग अभियान अन्तरगत “आफु बचौं र अरुलाई पनि बचाऔं, पुण्य कमाऔं” भन्ने उदेश्यका साथ संकलित रकम हस्तान्तरण गरिएको अभियानका सह–संयोजक शिवराज बस्ताकोटी (शिव दाई)ले बताए।
सहसंयोजक वस्ताकोटीका अनुसार अन्य स्थानमा समेत स्वास्थ्य सामाग्री बितरण गरिने र तत्कालको लागि गोर्खा, लमजुङ्ग कास्कीमा स्वास्थ्य सामाग्री बितरण को तयारि भइरहेको बताए। संस्थाका सदस्य सचिब ज्ञानु आचार्यले सहयोग गर्ने र सम्पूर्ण सहयोगी मनहरुप्रति जागौं नेपाल राष्ट्रिय अभियानको तर्फबाट कृतज्ञता व्यक्त गरेका थिए ।
पोखरामा रहेर लामो समय संचार क्षेत्र संग आबद्द सन्तोश तिमिल्सिना बिदेश बिभाग प्रमुख समेत रहेका छन्।