पोखरा महानगरपालिका लकडाउन उल्लंघन गर्ने बढ्दै गएपछि पोखरामा थप कडाई गरिएको छ।
लकडाउनमा मुख्य चोक–चोक प्रहरीले चेकिङ गरेपनि अहिले भने पोखरा महानगरपालिकाका भित्री रोडहरुमा समेत चेक जाँच गरिएको छ।
सवारी साधनहरुको दैनिकी चाप बढ्दै गएपछि थप कडाइ गरि उल्लंघन गर्ने सवारीको चापी लिएको प्रहरीले बताएको छ।
सवारी प्रयोगकर्ताले अनेक वाहाना बनाएर रोडमा निस्कदा लकडाउनको औचित्य नै नरहेको स्थानीय बताउछन्। एकजनाको लापरवाहीले समुदायलाई असर पार्ने हुँदा कास्कीलाई चेनव्रेक गर्ने भन्दै जिल्ला प्रशासन कास्कीले लकडाउन कडाइ गर्दै आएको छ। तर केही व्यक्तिले अनावश्यक हिडडुल गरिदिंदा संक्रमणको दर अपेक्षा अनुसार घटेको छैन।
सर्वसाधारण कोभिड संक्रमितहरु सरकारी अस्पतालमा बेड पाउन मुस्किल छ भने प्राइभेट अस्पतालमा लाखौं खर्च हुन्छ। यस विषयमा स्थानीय आफ्नो सुरक्षा आफै गर्नुपर्ने अवस्था आएकोले बेलैमा संयमित हुनुपर्ने भएको छ।

सवारी चालकसँग प्रहरीले सोधपुछ गर्दै।