मुद्रण उद्योग संघ कास्कीको नेतृत्वसीप वैबिनार तालिम सम्पन्न

मुद्रण उद्योग संघ कास्कीको आयोजनामा २ दिने नेतृत्वसीप वैबिनार तालिम बुधबार समापन भएको छ।
भैतिक रुपमा उपस्थिति रही करिब १ हजार सेमिनार गराएका प्रशिक्षक भक्तराज रसाइलीले प्रमुख वक्ता बनी मुद्रण व्यवसायी संघका कार्यसमिति सदस्य तथा सल्लाहकारहरुलाई तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा नउतारेसम्म त्यसको कुनै औचित्य नरहने बताएका थिए।
प्रमुख प्रशिक्षक रसाइलीले विभिन्न स्लाइड मार्फत दिएको तालिममा व्यक्तिले व्यवसाय सञ्चालन गर्दा व्यवसायको लक्ष्य अनुसार सञ्चालकमा नेतृत्व गर्न सक्ने सीप र ज्ञान हुन आवश्यक रहेको बताए।
आफूले नजानेको विषयमा प्रशिक्षण लिंदा र जानेकै विषयमा समेत पुन प्रशिक्षणले पुनर्ताजगिय बनाउने हुँदा सीप, दक्षता र आत्मविश्वासले नै नेतृत्व गर्न सक्ने क्षमतावान नागरिक तयार बन्न सक्छ, उनले भने।
व्यवसाय प्रबद्र्धन र मुर्तरुप दिनको लागि कसरी सञ्चालन गर्ने, कस्ता विषयमा विशेष जोड दिने भनि प्रशिक्षण गराएका थिए।
व्यवसाय गर्नु मात्र ठूलो नभई त्यसलाई निरन्तर दिन सक्नु पहिलो रहेको र व्यवसायलाई लक्ष्य अनुसार अगाडी बढाउनको आफूसँग भएको दक्षतालाई स्मरण गर्न सक्नुपर्ने जानकारी गराए। उनले व्यवसाय सफल बन्नको लागि कोष, वित्तिय र मानविय श्रोतको व्यवस्थापन तथा संस्थागत रणनीतिको विकास, सञ्चार माध्यमको प्रयोग र अनुगमन तथा मुल्याङ्कन आवश्यक रहेको बताए।
दोहोरो सम्वाद सहित भएको कार्यक्रम मंगलबार २ घण्टा ३० मिनेट र बुधबार साँझ ४ः०० बजेबाट वेलुका ८ः०० बजेसम्म करिब ४ घण्टा भएको थियो।
समापन कार्यक्रममा बोल्दै संघका अध्यक्ष गिरबहादुर श्रेष्ठ (किरण)ले व्यवसायीहरुलाई २ दिन सम्म प्रशिक्षण गराउने क्रममा प्रशिक्षक रसाइलीले सुष्म तरिकाले विषयवस्तुमा रही प्रशिक्षण गराउनु भएकोमा तालिम उत्साहजनक र उपलब्धीमुलक रहेको बताए।
त्यसै गरी अध्यक्ष श्रेष्ठले जुन उद्देश्यका साथ नेतृत्वसीप वेविनार तालिमले सम्पूर्ण उद्योग व्यवसायीहरुको फुर्सदको समय सदुपयोग भएको र यसबाट व्यक्तिगत नेतृत्वको विकास र व्यवसाय सञ्चालनमा थप उर्जा प्रदान गरेको बताएका थिए।
मुद्रण उद्योग व्यवसायीहरुले व्यवसायसँग सम्बन्धित यस कार्यक्रमले नेतृत्वमा रहेर के गर्नुपर्छ ? अन्य सदस्यहरुलाई सशक्त सहभागीताको लागि कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा समेत जानकारी पाएको र आगामी दिनमा प्रशिक्षणले कति प्रभाव पा¥यो यस विषयमा समिक्षा हुने अध्यक्ष श्रेष्ठले जानकारी गराए।
कार्यक्रममा बोल्दै तालिम संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष चिन्तामणी बास्तोलाले जुम मिटिङ मार्फत गरिएको तालिमले व्यक्तिगत तथा संस्थागतरुपमा फाइदा पुग्ने हेतुले कार्यक्रम राखिएको र यसबाट मुद्रण व्यवसायीहरुलाई केही न केही मात्रामा भएपनि व्यवसाय सञ्चालनमा थप उर्जा प्रदान गर्नुका साथै नेतृत्व विकासमा टेवा पु¥याउने अपेक्षा व्यक्त गरेका थिए।
त्यसैगरी संघका निवर्तमान अध्यक्ष पदमलाल श्रेष्ठले जुम मार्फत गरिएको तालिममा आफूले अपेक्षा गरे भन्दा बढी ज्ञान र सीप सिकेको बताउँदै आगामी दिनमा अझ भौतिक रुपमा सम्पूर्ण मुद्रण व्यवसायीहरु सहभागी हुने खालका कार्यक्रम गरेमा अझ प्रभावकारी हुने बताए।
कार्यक्रममा बोल्दै संघका केन्द्रीय सदस्य जीवन गोर्खालीले नेतृत्व विकास कार्यक्रम अहिलेको विषम परिस्थितिमा भर्चुअल तरिकाबाट गरिनु् र खाली समयलाई सदुपयोग गर्नुले व्यवसायीहरुको व्यस्ततालाई फाइदा पुगेको बताए। साथै आगामी दिनमा मुद्रण व्यवसायीहरु संस्थामा रही गोलबद्ध बनेर व्यक्तिगत समस्यालाई साझा समस्या बनाउन अनुरोध गरेका थिए। “व्यक्तिगत समस्या साना ठूला होलान् सबैले हातेमालो गरी अगाडि बढ्नुपर्छ, समस्यासँग जुध्न सके जति ठूला समस्या पनि समाधान गर्न सकिन्छ।” उनले भने।
मंगलबारबाट सुरु भएको २ दिने तालिमको होस्टिङ तथा सञ्चालनमा संघका महासचिव रामप्रसाद भुर्तेलले सहजीकरण गरेका थिए भने वरिष्ठ उपाध्यक्ष चिन्तामणी बास्तोलाले स्वागत गरेका थिए। संघका अध्यक्ष गिरबहादुर श्रेष्ठ (किरण)को अध्यक्षतामा सम्पन्न भएको थियो।