मुद्रण उद्योग संघ कास्कीको आयोजनामा २ दिने नेतृत्वसीप वैबिनार तालिमको पहिलो चरण मंगलबारबाट सुरु भएको छ।
भैतिक रुपमा उपस्थिति रही करिब १ हजार सेमिनार गराएका प्रशिक्षक भक्तराज रसाइलीले प्रमुख वक्ता बनी मुद्रण व्यवसायी संघका सदस्यहरुलाई व्यवसाय प्रबद्र्धन र मुर्तरुप दिनको लागि कसरी सञ्चालन गर्ने, कस्ता विषयमा विशेष जोड दिने भनि प्रशिक्षण गराएका थिए।
व्यवसाय गर्नु मात्र ठूलो नभई त्यसलाई निरन्तर दिन सक्नु पहिलो रहेको र व्यवसायलाई लक्ष्य अनुसार अगाडी बढाउनको लागि कोष, वित्तिय र मानविय श्रोतको व्यवस्थापन तथा संस्थागत रणनीतिको विकास, सञ्चार माध्यमको प्रयोग र अनुगमन तथा मुल्याङ्कन आवश्यक रहेको बताए।
दोहोरो सम्वाद सहित सुरु भएको कार्यक्रम साँझ ६ः०० बजेबाट वेलुका ८ः३० बजेसम्म करिब २ घण्टा ३० मिनेट भएको भएको थियो।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष गिरबहादुर श्रेष्ठ (किरण)ले “व्यवसायीहरुलाई प्रशिक्षण गराउने क्रममा प्रशिक्षक रसाइलीले सुष्म तरिकाले विषयवस्तुमा रही प्रशिक्षण गराउनु भएकोमा तालिम उत्साहजनक भएको र बुधबार हुने तालिम अझ उपलब्धीमुलक रहनेछ,” भने।
त्यसै गरी अध्यक्ष श्रेष्ठले जुन उद्देश्यका साथ नेतृत्वसीप वेविनार तालिमले सम्पूर्ण उद्योग व्यवसायीहरुको फुर्सदको समय सदुपयोग हुने र यसबाट व्यवसाय सञ्चालनमा थप उर्जा प्रदान गर्ने विश्वास लिएको समेत बताएका थिए।
मुद्रण उद्योग व्यवसायीहरुले व्यवसायसँग सम्बन्धित समस्या र समाधानको लागि समेत विकल्प तालिम पनि भएकोले बुधबार उपस्थितको लागि सम्पूर्ण व्यवसायीहरुलाई अनुरोध गरेका थिए।
कार्यक्रमको होस्टिङमा संघका महासचिव रामप्रसाद भुर्तेलले सहजीकरण गरेका थिए भने वरिष्ठ उपाध्यक्ष चिन्तामणी बास्तोलाले प्रमुख बक्ताको परिचय तथा स्वागत मन्तव्य राखेका थिए। संघका अध्यक्ष गिरबहादुर श्रेष्ठ (किरण)को अध्यक्षतामा सम्पन्न भएको थियो।








