पोखरा । विवेकशील साझा दलका नेता तथा सामाजिक व्यक्ति उज्वल थापाको निधन भएको छ ।
कोरोनाबाट संक्रमित उनको केहीदिन अगाडि नेगेटिभ आएपनि स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई ‘एक्स्ट्राकोपोरियल मेम्ब्रेन अक्सिजेनसन (एक्मो) प्रविधिबाट उपचार भइरहेको थियो ।
उपचारका क्रममा आज दिउँसो निधन भएको हो । उनी निकटहरूका अनुसार दिउँसो ४ बजेर २५ मिनेटमा उनको निधन भएको हो ।
कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका विवेकशील साझा पार्टीका पूर्व संयोजक तथा सामाजिक अभियन्ता रहेका उज्वल थापाको निधन भएको छ । मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका उनको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेट जाँदा निधन भएको थापाको परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट जारी विज्ञप्तिमा जनाइएको छ ।
विवेकशिल साझा पार्टीका पूर्व संयोजक एवम् सामाजिक तथा राजनीतिक क्षेत्रमा फरक पहिचान कमाउन सफल थापाले देश विदेश तथा अन्य राजनीतिक दलका नेताले समेत प्रभाव पारेका थिए। उनि हरेक काममा सरल र सहज भुमिकामा प्रस्तुत रहन्थ्ये। देशलाई नै उज्जवल बनाउन खोज्ने उज्जवलको निधनले नेपाललाई नै ठूलो क्षति बनाएको छ।