पोखरा महानगरपालिका वडा नं. ५ पस्याङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवक गम्भीर घाइते भएका छन्।
मकवानपुर जिल्ला घर भइ हाल पोखरा मनपा ६ जरेवर बस्ने वर्ष ४५ का आईतसिंह घलान रहेका छन्।
पोखराको हरिचोकबाट जिरो किमी तर्फ आउँदै गरेको ग ९ प ८४५४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनि घाइते भएका हुन्।
मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा दाहिने खुट्टा र मुखमा चोट लागेको छ। उनलाई उपचारका लागि मेट्रोसिटी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।

तस्विर : गण्डकी भ्वाइस