पोखरा महानगरपालिका वडा नं. ५ पस्याङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवक गम्भीर घाइते भएका छन्।
पोखराको हरिचोकबाट जिरो किमी तर्फ आउँदै गरेको ग ९ प ८४५४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनि घाइते भएका हुन्। उनको परिचय अझसम्म खुल्न सकेको छैन।
तिव्र गतिका कारण डिभाइडरमा मोटरसाइकल ढोक्किदा दुर्घटना भएको प्रहरी बताएको छ।
टाउको र मुखमा चोट लागेका उनलाई उपचारका लागि मेट्रोसिटी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।

तस्विर : गण्डकी भ्वाइस