सेनिटाइजर भन्नेवित्तिकै अहिले हामीले प्रयोग गर्ने कोभिड–१९ को संक्रमण फैलन निदिन प्रयोग गर्ने स्प्रे वा तरल पदार्थ बुझ्ने गरेका छौं। तर अहिले यिनै सेनिटाइजरमा समेत कालोबजारी गरिएको छ। गुणस्तरहिन बनाएर बजारमा विक्री वितरण गरिदै आएको छ।
यस्तै गुणस्तरहित सेनिटाइजर उत्पादन तथा विक्री वितरण गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
सुनसरी जिल्ला रामधुनी नगरपालिका वडा नं. १ (हाल ः ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ४ इमाडोल शितलहाइट) बस्ने आशिल प्यकुरेललाई आइतबार गुणस्तरहिन ह्याण्ड सेनिटाइजर बनाएको आरोपमा पक्राउ गरेको हो।
हाल विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण सिर्जित बिकराल अवस्थामा सर्वसाधारणले प्रयोग गर्ने ह्याण्ड सेनिटाजरको अत्याधिक माग भईरहेको बिषम परिस्थितिको फाइदा उठाउदै बिभिन्न औषधीजन्य पसल एवं सर्जिकल हाउसहरुले आम सर्वसाधारणको स्वास्थ्यमा प्रतिकुल असर पार्ने गुणस्तरहिन सेनिटाईजर उत्पादन तथा बिक्री वितरण गरि मानव स्वास्थ्यमाथी खेलवाड गरि कालो बजारी भईरहेको भन्ने बिशेष सुचनाका आधारमा प्रहरीले छापा मारेको थियो।
छापा मार्दा (75% Hand Senitizer) नामको सेनिटाईजर बजारमा खुलेआम बिक्री बितरण भईरहेको पाईएकोले त्यस्ता सेनिटाईजरको गुणस्तर जाँचका लागी औषधी व्यवस्था विभागको प्रयोगशालामा परिक्षणको लागी पठाईएकोमा उक्त सेनिटाईजरमा Methanol रसायन २४% भेटिएको र उक्त सेनिटाईजरमा प्रयोग भएको रसायनले मानव स्वास्थ्यमा घातक असर गर्ने भएको भेटिएको थियो।
औषधी व्यवस्था विभागबाट परिक्षण रिपोर्ट प्राप्त भए पश्चात् महानगरीय अपराध महाशाखा, मिनभवनबाट खटिएको प्रहरी टोलीले उक्त सेनिटाईजरको उत्पादन एवं प्याकिङ भईरहेको जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका वडा नं.–४ ईमाडोल शितलहाईटमा रहेको आशिष प्याकुरेलले घर भाडामा लिई औषधी व्यवस्था विभागमा दर्ता नगरी रिप्याकेट वाय आरसिवी ईण्डष्ट्रिज पर्सा, नेपाल उल्लेख गरीएको नक्कली स्टिकर प्रयोग गरी सेनिटाईजर तयारी तथा प्याकिङ गरी विक्री गर्ने गरेको स्थानबाट अं.२५,००० लिटर नक्कली सेनिटाईजर,२००० लिटर मेथनल रसायन, ३६०० लिटर इथनल रसायन, विभिन्न स्टिकरहरु समेत बरामद गरिएको प्रहरीले बताएको छ।
त्यसैगरी त्रिपुरेश्वर स्थित लाईफ लाईन सर्जिकल सप्लायर्सबाट अं.५००० लिटर गरि करिब ३० हजार लिटर सेनिटाईजर बरामद गरिएको, बरामद सेनिटाईजरको जम्मा बजार मुल्य अं.१,८०,०००००÷–(एक करोड असि लाख) बराबरको रहेको साथै लाइफ लाइन सर्जिकल हाउसका संचालक जिल्ला सुनसरी रामधुनी नगरपालीका वडा नं.–१ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका वडा नं.–४ ईमाडोल शितलहाईट बस्ने बर्ष २६ को आशिष प्याकुरेललाई पक्राउ गरि उक्त सर्जिकल हाउस औषधी व्यवस्था विभाग तथा जिल्ला प्रशासन कार्यालय ललितपुरको रोहवरमा शिल गरी थप अनुसन्धान भईरहेको र उक्त नामका सेनिटाईजर बजारमा विक्री वितरण हुन नदिन सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय समेत भई रहेको समेत प्रहरीले बताएको छ।
साथै नवमी नामको उत्सव डिटरजेन्ट एण्ड कस्मेटिक उद्योग बालाजुबाट उत्पादित नक्कली सेनिटाईजर समेत बजारमा बिक्री वितरण भईरहेको भन्ने सुचनाका आधारमा का.जि.कामपा–१४ कुलेश्वरबाट २१ कार्टुन, सेनिटाईजर समेत बरामद गर्नुका साथै नक्कली सेनिटाईजर ओसारपसारमा प्रयोग भएका बा १२ च ९२६९ र लु अ अ ३२९४ नं. को २ वटा गाडी समेत बरामद गरेको छ।
पक्राउ परेका आशिष प्याकुरेललाई कमसल माललाई असल भनि झुक्याई विक्री वितरण गरेको एवं औषधीमा मिसावट गरि विक्री वितरण गरेको कसुरमा कालो बजारी तथा केही अन्य सामाजिक अपराध ऐन–२०३२ अन्तर्गत कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाईने प्रहरीले जानकारी गराएको छ।