पदम श्रेष्ठ/
पोखराः दिनहुँ कोरोना भाईरस कोभिड संक्रमितको संख्या तीव्र गतिमा बड्दै गइरहेको अबस्थामा सर्वसाधरण जनताको चरम लार्पावाही र राज्यको असावधानिले कोभिडले कहाली लाग्दो अबस्था निम्त्याउन सक्ने खतरा देखिएको छ ।
छिमेकी देश भारतमा कोरोना महामारीले उग्ररुप लिए सँगै नेपालमा पनि अहिले कोरोनाले महामारी उग्ररुप लिइएको छ। दिनहुँ ठुलो संख्यामा संक्रमित हुने र ज्यान गुमाउनेको संख्या बड्दै गइरहेपनि नेपाल सरकारले कोरोना नियन्त्रणका लागि आवस्यक उपचार व्यवस्था, सतर्कता अपनाउनेतर्फ ध्यान दिएको छैन । राज्य र जनता दुबै पक्षको निकम्मापनले गर्दा नेपालमा पछिल्लो समय कोरोना संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बडेको छ । अस्पतालहरुमा कोभिड उपचारको व्यवस्था नहुँदा, भेन्टिलेटर र पर्याप्त अक्सिजन नहुँदा संक्रमित निकै जोखिममा परेका छन्।
जनताको स्वास्थ्य सुरक्षाभन्दा पनि हरपल सत्ता टिकाउने दाउपेच र खेलमा अल्झिरहेको केपि ओली नेतृत्वको सरकारको कमजोरी र स्वयम् कोरोनालाई हल्का ठानेर सुरक्षा शर्तकता बिना खुलेआम हिड्नेहरुका कारण कोरोनाले धेरैका लागि कहाली लाग्दो अबस्था सिर्जना गर्ने संकेत दिएको छ ।
कोरोना शुरुवाति चरणभन्दा दोस्रो चरणमा फैलिदा जनस्तरमा सावधानितर्फ खासै चासो दिएको भेटिदैन । बजार, पसल, यातायात, पार्टी प्यालेस, बिद्यालय, क्याम्पस, सरकारी कार्यालयहरु, उद्योग, सार्वजनिक सभा, समारोह, बिहे, वर्तमन, भोजभतेर, औद्योगिक क्षेत्रमा सुरक्षाका लागि सावधानि अपनाईएको भेटिएन जसले गर्दा अहिले लकडाउन गर्दा समेत यस्तो खतराको अवस्था आएको छ। पहिलो चरणमा कोरोना फैलिदा त्रासका कारण जसरी सर्वसाधरणले सुरक्षाका मापदण्डलाई पालना गरेका थिए, दोस्रो चरणमा पुग्दा खासै केहि हुँदैन भन्दै बिना मास्क जथाभावि हिडेर आफु पनि संक्रमित बन्ने र अरुलाई पनि संक्रमित बनाउने होडमा हिडेका पाईन्छ । बजारमा बिना मास्क मानिसहरु खोक्दै हिडेका भेटिन्थे । धेरैजसोले सामान्य मास्क च्युडोमा झुण्डाएर लार्पावाहीपूर्ण तरिकाले हिडेका पाईन्छ । अस्पतालहरुमा कोरोना त्रासका कारण चिकित्सकहरु बिरामीको नजिकै पर्न डराउने गरेका छन् । ज्वरोका बिरामीलाई त कोरोना संक्रमित ठानेर भर्ना नै नलिईकन फिर्ता पठाउने गरेको पनि पाइएका छन् । धेरैजसो अस्पतालहरुमा ज्वरो परीक्षण केन्द्र राखिएका छैनन् । संक्रमित र अन्य सामान्य बिरामीलाई पनि एकै ठाउँमा राखेर उपचार गरिदा साधारण बिरामी समेत संक्रमणको उच्च जोखिममा परेका छन् ।
राजधानीमा मात्रै दिनहुँ हजारौं कोभिड–१९ संक्रमण भइरहेका छन् । मोफसलका मुख्य मुख्य बजार क्षेत्रहरुमा पनि संक्रमितको संख्या उच्च रहेको छ ।
नेपालमा कोभिड संक्रमितको संख्या ५ लाख १३ हजार २ सय ४१ पुगेको छ । कोभिडका कारण थप १ सय ९३ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा ६ हजार ३ सय ४६ जनाको कोरोनाका कारण मृत्यु भएको तथ्यांक छ । त्यस्तै थप ७ हजार ६ सय ६४ जना संक्रमित निको भएका छन् भने नेपालमा हालसम्म ३ लाख ९१ हजार ३ सय ४८ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १ लाख १५ हजार ५ सय ४७ जना संक्रमित आइशोलेशनमा छन् भने ८ सय ७३ जना क्वारेन्टाइनमा छन् ।
नेपालमा हालसम्म २९ लाख १६ हजार ४ सय ६८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी गण्डकीप्रदेशमा ९ सय ४६ जना नयाँ संक्रमित थपिएका छन् भने १७ जनाको मृत्यु भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४ हजार ५ सय ८२ जना पुगेको छ। भने हालसम्म ५ सय ३१ जनाको मृत्यु भएको छ। हालसम्म १ लाख ७७ हजार ३ सय १३ जनाको पिसिआर परिक्षण गरिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ।
प्रदेशमा ३४ हजार ५ सय ८२ जना संक्रमित रहेकोमा २३ हजार ७ सय ६७ जना निको भइसकेका छन् भने १० हजार २ सय ४८ जना कोभिड संक्रमणको सक्रियमा रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मेडिकल विज्ञहरूले सीसएमसीलाई लकडाउनको सिफारिस गर्न सुझाव दिएका थिए। छिमेकी मुलुक भारतमा दैनिक तीन लाख बढीलाई कोभिड संक्रमण भएपछि त्यसको असर नेपालमा पनि परेको भन्दै विज्ञहरूले सीमा नियमन, चेकजाँच र लकडाउन गर्न सुझाव दिएका थिए । भारतमा अस्पतालहरुमा कोरोना संक्रमितहरुले उपचार नपाएका कारण सडकको पेटी, फुटपाथमा राखेर बिरामीहरुलाई अक्सिजन दिईएको छ । मृतकको संख्या निकै बढेकोले शवको अन्त्येष्टिका लागि घण्टौ पालो कुर्नुपर्ने अबस्था आईपरेको छ ।