पोखरा । पोखराका अग्रज व्यवसायी तथा समाजसेवी रुपनारायण भुजेलको शुक्रबार आज निधन भएको छ ।
भुजेल केही समयदेखि कोरोना संक्रमित भएका थिए। उनको पोखरा स्थित मेडिप्लस अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।
भुजेल मदिरा व्यवसायी समिति कास्कीका निवर्तमान अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य, नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा लायन्स क्लब एवम् अन्य सामाजिक संघ संस्थामा समेत आवद्ध रहेका थिए।
भुजेलको निधनप्रति मदिरा व्यवसायी समिति कास्की, पोखरा उद्योग वाणिज्य संघ एवम् अन्य संघ संस्थाले दुःख व्यक्त गरेका थिए। भुजेलका श्रीमती र दुई छोरा छन्।








