गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले खेलकुद क्षेत्रमा हुने भ्रष्ट्रचार र अनियमिततालाई रोक्ने बताएका छन्।
“खेलकुदका कुनै आर्थिक तलब भत्ता हुँदैन, तर पनि यस क्षेत्रमा पद पाउन मरिहत्ते गरेको देखिन्छ यसको कारण के ?” उनले भने, जब खेलकुद क्षेत्रमा अनैतिक रुपमा गरिएका आर्थिक गतिविधिलाई रोक्ने वित्तिकै खेलाडीहरुका हरेक समस्या र सामाधान तर्फ ध्यान जान्छ र खेलाडीहरुको मनोवल बढ्ने मन्त्री गुरुङले बताए।
मन्त्री गुरुङले खेलकुद क्षेत्रको विकास गर्नको लागि खेलाडी मैत्री बनाउन सकेमा मात्र खेलक्षेत्रको विकास हुने बताएका छन्। उनले अहिले खेलाडीहरुले खेलक्षेत्रबाट पलायन हुनु उनिहरुको संरक्षणको अभावले गर्दा भएको जानकारी गराएका थिए। अब खेलाडीहरुको संरक्षण र सम्वद्र्धनको लागि गण्डकी प्रदेश खेलकुद मन्त्रालय खेलाडीसँगै हातेमालो गरेर अगाडि बढ्ने समेत बताए।
“खेलाडीहरु खेल्नको चाहिने आवश्यक डाइड लगायत अन्य सामाग्री उपलब्ध गराउछौं, यसको लागि एकपटक खेलाडीहरुसँगै बसेर उहाँहरुका समस्याको बारेमा समेत छलफल गर्नेछौं,” मन्त्री गुरुङले भने।
युवा तथा खेलाडी संरक्षणको लागि अहम पहल चाल्नको लागि अर्धसरकारी व्यवसाय आजको आवश्यकता बताउँदै “युवा स्वरोजगार अभियान कार्यक्रम सञ्चालन गरि युवाहरुलाई व्यवसायी बनाउनको लागि प्रदेश सरकारको नियमानुसार ५० प्रतिशत लगानी गर्ने योजना बनाएको छु। व्यवसायबाट फाइदाको २० प्रतिशत रकम खेलाडीहरुको लागि लगानी गर्ने बातावरण सृजना गरि खेलाडीहरुलाई संरक्षण गर्नेछौं। खेलाडीहरु भनेका देशका गहना हुन्, उनिहरुको संरक्षणबाट नै देशको विकास र समृद्धि हुन्छ, राज्यले युवा र खेलाडीलाई सम्मान गर्न नसके राज्य पनि कमजोर हुन्छ,” मन्त्री गुरुङले भने।
त्यसैगरी मुस्ताङको स्याउलाई बजारमा ल्याउन कठिन हुँदा स्याउबाट बनाएको वाइनको मूल्य अझबढी भएको बताउँदै सही ठाउँमा सही सदुपयोग गर्न जान्नुपर्छ र राष्ट्रिय योजनाका कामहरु गर्दा दिगो र दुरगामी सोंच लिएर अगाडि बढ्नुपर्ने उनले बताए।
युवा तथा खेलाडीहरुको हक हितको लागि कुनै कसुर बाँकी नराखी काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।
त्यसैगरी विश्वकलायात्री प्राज्ञ नगेन सिंह ठकुरीले खेलाडीहरुले राष्ट्रको नाम उचो गर्नको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेल्ने क्रममा दुर्घटना हुँदा उनिहरुको खेल जीवन नै वर्वाद बन्न पुगेको र बाँकी जिवन पनि अन्धकारमय हुन पुगेको बताउँदै अवका दिनमा यस्ता समस्यालाई समाधान गर्नकोलागि निम्न आवश्यक कदम चाल्न मन्त्री गुरुङलाई आग्रह गरेका थिए।
प्राज्ञ ठकुरीले खेलक्षेत्रको विकास र रोजगारीको लागि हरेक सरकारी विद्यालयमा खेलकुद शिक्षकको दरवन्दी राख्नुपर्ने जानकारी गराएका थिए।
त्यसैगरी पूर्व बडिविल्डिङ खेलाडी पदम श्रेष्ठले खेलबाट भविष्य नदेखिदाँ खेलाडी पलायन हुनु मुख्य कारण बताएका थिए। खेलाडीहरु खेलको लागी आफ्नो जीवन समर्पण गरेको हुन्छ तर खेलक्षेत्र ओगटेका केही पदाधिकारीहरुको गलत आचरणका कारण समस्त खेलाडीहरुले दुःख भोग्नुपरेको आजको समस्या भएको बताएका थिए।