२० वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सोमबार गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् ।

उनले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई पदमुक्त गरेकी हुन् ।
प्रदेश प्रमुखलाई पदमुक्त गरेसँगै गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्त गरेको छ।
चितवनकी पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीकी जनसम्पर्क सल्लाहकार हुन् भने यादव सप्तरीका हुन्।
यस अघिका प्रदेश प्रमुखहरु माओवादी निकट थिए। नवनिर्वाचितहरुलाई आजै सपथ ग्रहण गराइने स्रोतले बताएको छ।