पोखरा । फाईनआर्टस् यातायात प्रा.ली.का पदाधिकारीहरुले युवा तथा खेलकुद मन्त्री राजीव गुरूङ उर्फ दिपक मनाङ्गेसँग भेटघाट तथा बधाई ज्ञापन गरेका छन्।
युवा तथा खेलकुद मन्त्री राजीव गुरूङले आँफुले पनि पहिले बस तथा ट्याक्सी सञ्चालन गरेको तर पछि बाध्यताले छोड्न परेको बताएका थिए। मन्त्रिले आँफुले मन लागेको गर्दा आँफु बेला बेलामा जेल पर्ने गरेको जानकारी दिए ।
फाईनआर्टस् यातायात प्रा.ली.का अध्यक्ष ज्योती हमालले विदेशबाट आयात हुने खादाको प्रयोगले वातावरण प्रदुषित हुने र अनावश्यक वस्तुमा राज्यकोषबाट बाषिर्क करोडौँ रुपैँया बाहिरिने भएकोले खादाको प्रयोग बिना पनि बधाई तथा शुभकामना दिन मिल्ने बताँउदा मन्त्रिले आँफुलाई मनमा लागेको कार्य गर्नुपर्ने बताए ।
जय कला क्रान्ति !!! को लोगोको अर्थ पस्र्टाउदै फाईनआर्टस् यातायात प्रा.ली.का संरक्षक विश्वकला यात्री प्राज्ञ नगेन सिंहले बिश्वमा शान्ति लाउन अगि बढेको जानकारी गराए ।
फाईनआर्टस् यातायात प्रा.ली.का महासचिब नबिन थापा, व्यवस्थापक खुम बहादुर भुजेल, ईन्जार्ज अर्जुन गुरुङ्ग लगाएतले युवालाई साथ सहयोग हुने नीति तथा कार्यक्रम ल्याउन मन्त्रि मनाङ्गेलाई आग्रह गरेका थिए ।