नायक तथा अभिनेता किसान सुनारले पोखरामा निषेधाज्ञा जारी सँगै यातायातमा समस्या भएकालाई आफूले सहयोग गर्ने बताएका छन्।
सर्वसाधारणलाई कुनैपनि समस्या परेर एम्बुलेन्स नपाउने र यातायातको समस्या भएमा निःशुल्क पोखरादेखि कुश्मा, बागलुङ, बेनी, स्याङ्जा, वालिङ, दमौली, गोर्खा सम्म आफूले सहजीकरण गर्ने उनले बताए।
उनले अति समस्यामा परेका जोकोहीलाई पनि आफूले सहयोग गर्ने भन्दै सामािजक सञ्जालमा यसरी लेखेका छन्।

सर्वसाधारण तथा समस्यामा परेकाहरुमा मेरो अपील !

यो कोरोना महामारीमा यदी कोही यातायात असुबिधाको कारण पोखरा देखी कुश्मा,बागलुंङ, बेनी,स्याङजा, वालिंग, दमौलि गोर्खा आफनो परिवार र घर सम्म पुग्न सक्नु भएको छैन र सारै समस्यामा हुनुहुनछ भने मेरो गाड़ी ऐम्बुलेन्सको तरह कुनै पनि बेला निःसुल्क उपलब्ध गराउने छु ।

– किशान सुनार,सम्पर्क नम्बर ९८५१०७७१९५,९८०११०७७०७


ठूलो पर्दा तथा सानो पर्दामा समेत अभिनय गरेका सामाजिक व्यक्ति सुनार बडिविल्डिङका समेत पारखी हुन्। उनले लामोसमय कोरियामा बसेर नेपाल फर्किएका सुनारले कोरियन भाषा समेत प्रशिक्षण गर्दै आइरहेका थिए।

मृगौला पीडित विनोदलाई बचाउन उनको प्रयास

दुवै मृगौला पीडित विनोद विश्वकर्मालाई बचाउन समाजसेवी किसान सुनारले दिनरात नभनी प्रयाास गर्दै आइएरहेका छन्।
पर्वत जिल्ला फलेवास नगरपालिका वडा नं. ११ पाङराङका विनोद विश्वकर्मा दुवै मृगौला फेल भइ अहिले जीवन र मरणको दोसाधमा पोखराको चरक हस्पिटलमा मृत्यु सँग लडिरहेका छन्।
विश्वकर्मालाई हप्तामा दुईचोटी डाइलोसिस गरिदै आएको परिवार स्रोतले जानकारी गराएको छ। २१ वर्षिय विश्वकर्माको पारिवारिक स्थिति अति कमजोर रहेको छ भने उनकी आमा दुवै मृगौला समस्या भएर आर्थिक अभावका कारण आफ्नो जीवन बचाउन सकिनन्।
दुवै मृगौला फेल भई हस्पिटलमा रहेका विश्वकर्मा बचाउ अभियानबाट हालसम्म करिब १० लाख सहयोग दाताबाट आर्थिक रकम उठेको र उनका आफन्तको मृगौला ट्रान्सप्लान्ट गर्न लागिएको सुनारले बाघपाइलालाई जानकारी गराए।
उनले “हालसम्म करिब १० लाख रकम संकलन भएको छ, अब चाडै नै मृगौला पीडित विनोद विश्वकर्माको किड्नी ट्रान्सप्लान्ट हुन्छ,” भने।

सहयोग तथा अन्य जानकारीको लागि

बिनोद विस्वकर्मा – ९८०३८३९५४९, ९८६५५३५२५५
हाल पोखरा चरक मेमोरीयलहास्पिटल, पोखरा ।।