राष्ट्रिय जनमोर्चाका सांसद खिम विक्रम शाहीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई चरक अस्पताल प्रशासनले भेट्न नदिई फिर्ता पठाएको छ।
कोभिड–१९ को संक्रमण भएर उपचाररत सांसद शाहीलाई भेटी उनको अवस्था बुझ्न मुख्य मन्त्री गुरुङ हस्पिटल पुगेका थिए। उनको साथमा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, प्रदेश सांसद इन्द्रधारा विष्ट लगायतको टोली अस्पताल पुगेको थियो।
अस्पतालले सांसद शाहीको स्वास्थ्य उपचारमा कुनै कसुर नराख्ने बताउँदै अहिलेको विषय परिस्थिति बुझ्न आग्रह गर्दै मुख्य मन्त्री लगायतको टोलीलाई भेट्न दिएको थिएन्।
सांसद शाही बुधबार दिउँसो अस्पताल भर्ना भएका थिए । मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमा बुधबारै संसदमा मतदानको कार्यसूची थियो । तर शाही अनुपस्थित हुने पक्का भएपछि सभामुख नेत्रनाथ अधिकारीले सदन स्थगित गरिदिएका छन् ।