फेवाताल भन्नेवित्तिकै गण्डकी प्रदेशको गहनाको रुपमा चिनिन्छ भने पोखरा र फेवाताल एक अर्काका पर्यावाची शब्द जस्ता रहेको छन्।
फेवातालले वर्षेनी लाखौं आन्तरिक तथा बाह्य पर्यटकलाई मोहित पारेको छ। अझ फेवातालमा पर्ने माछापुच्छेको हिमशृङ्खलाको छायाले धेरै पर्यटकलाई मोहित पार्छ। भने फेवातालको विच भागमा रहेको बाराही भगवती मन्दिरमा हिन्दु धर्मालम्बीहरुले पुजाआजाको लागि पनि पवित्र स्थलको रुपमा लिने गरेको पाइन्छ।
यस्तै यस्तै कारणबाट पोखरालाई चिनाउने मात्र नभई यहाँको आर्जनको रुपमा समेत फेवाताको मुख्य भूमिका रहेको छ।
फेवाताबाट मुख्यतया लेकसाइडमा व्यवसाय गर्ने होटल रेष्टुरेण्ट, फेन्सी, किराना पसल, प्याराग्लाइडिङ लगायतका व्यवसायले कुनैबेला मनग्य कमाएका थिए। तिनै व्यवसायहरुलाई एकवद्धता गरी विभिन्न व्यवसायीक संघसंस्था खोल्नेहरुले समेत आफ्नो कमाइ खाने भाँडो बनाएका थिए। तर यसलाई संरक्षण गर्ने तर्फ कसैको ध्यान गएको देखिन्न, फोहोर फाल्न तम्सिने जो कोहीले पनि यसलाई सफा र सुन्दर बनाउनुपर्छ भन्ने मन कहिल्यै पलाएको देखिदैन तर मंगलबार विहान एउटा युवाको झुण्डले तिनै फोहोरका डुंगुरलाई सफा गर्दै थियो। तर अहिले लेकसाइडमा व्यापार व्यवसाय ठप्प जस्तो छ तर कुनैपनि व्यापारीहरुले ती युवाहरुलाई सहयोग गर्ने आट गर्न सकेनन्। के युवाहरुले गरेको सफाई व्यक्तिगत फाइदाको लागि थियो र ? फोहोर गर्ने श्रेय प्रत्यक्ष वा अप्रत्क्षरुपमा तीनै व्यवसाय चलाउनेलाई गएपनि सरसफाइमा ध्यान दिनु सबैको कर्तव्य थिएन र ?
‘अरुलाई दोष नदिऔं र अरुबाट आशा पनि नराखौं, अब जे गर्ने हो आफैबाट शुरु गरौं’ सन्देश दिदै पोखरेली युवाहरुले फेवाताल सफा गरेका हुन् । ड्यामसाइड वरपर तालमा रहेको फोहोरजन्यवस्तु निकाल्न करिब दुई घण्टा सम्म उनिहरुले सफा गरे ।
पोखरेली युवाहरुको पहलमा यो सामाजिक कार्य भएको हो । केहि दिन अघि उनीहरुले सामाजिक सञ्जालमार्फत पोखरेली युवाहरुलाई ताल सरसफाइमा जुट्न आग्रह गरेका थिए ।
पोखरेली युवाहरुको यो कार्यमा १७ नम्बर वडा कार्यालय, त्यहाँस्थित विभिन्न क्लव लगायतले पनि सहयता गरेको पोखरेली सञ्चारकर्मी तथा अभियन्ता आशिष पुरीले जनाकारी दिए ।
फेवातालमा वर्षो लाखौं आन्तरिक पर्यटकहरु पोखरा घुम्न आउने गर्दा पोखराको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनीहरुकले यो सामाजिक काम गरेका हुन् ।
यो एउटा प्रयासमात्र रहेको युवाहरु बताउछन् आवश्यक ठाउँमा पोखरेली युवाहरुको साथ रहेको समेत उनिहरुले बताएका थिए। आखिर हामीले सके सफा गरौं नसके फोहोर नगर्दा कसो होला ?











