काठमाण्डौका विभिन्न स्थानबाट भारतमा सञ्चालन भइरहेको आइपिएल (इण्डियन प्रिमियर लिग) का विभिन्न सिजनका खेलहरुमा सट्टेवाजी गर्ने ११ जना पक्राउ परेका छन्।
उनिहरुको साथबाट १७ वटा मोवाइल, हिसावकितावका डायरीलगायत नगद २ लाख ९६ हजार नगद फेला परेको महानगरीय अपराध महाशाखाले जानकारी गराएको छ।
माहानगरीय अपराध माहाशाखा बाट खटिएको बिशेष टोलिले बिभिन्न स्थान बाट अनलाइन व्याटिङ गरिरहेको अवस्थामा का.जि.का.म.न.पा.वडा नं.२३ झोंछेमा कालो रङ्को झोला बोकी हिडिरहेको अवस्थामा भारत हिमाञ्चल प्रदेश सोलन जिल्ला घर भएका बर्ष ४६ को सुशिल जेष्टालाई नियन्त्रणमा लिई झोला खानतलासी गर्दा सट्टेबाजीमा प्रयोग भएको मोबाईल थान २ र सोको हिसाबकिताब भएको डायरी फेला परेको, का.जि.का.म.न.पा.वडा नं.२ लाजिम्पाट स्थित खोलागल मार्गमा रहेको रमेश हमालको अपार्टमेन्टको चौथो तल्लामा रहेको कोठा नं.११० बाट सुचित अग्रवाल, पवन कुमार शर्मा लाई पक्राउ गरी उनिहरुको कोठा तथा घर खानतलासी गर्दा सट्टेबाजीको हरहिसाब गरिएको कागजका टुक्राहरु , बिभिन्न रकमको विवरण र कोड समेत लेखिएको कागजातहरु र मोबाईल ४ थान समेत फेला परेको र निजहरुको बयानबाट का.जि.का.म.न.पा.वडा नं.१ जमल स्थित एक घरमा पुग्दा मोबाईलको ह्वाटसअप बाट सट्टेबाजी गराई रहेको अवस्थामा भारत बिहार प्रदेश मोतिहारी जिल्ला घर भएका मुकेश जैसवाललाई पक्राउ गरिएको छ । सोही दिन का.जि.का.म.न.पा.वडा नं.२६ ठमेलमा अशोक सिंहलाई फेलापारी निजको शरीर खानतलासी गर्दा ह्वाट्सएपमा बिभिन्न सट्टेबाजी संग सम्बन्धीत विवरणहरु फेला परेको साथै .जि.का.म.न.पा.वडा नं.२६ स्थित ज्यतभ िक्गल ध्बथ क्ष्लल को चौथो तल्लामा अंकित कुमार लगायत ६ जनाले बिभिन्न कम्पनीका मोबाईलमा सट्टाबाजी गराई खेल खेलाई रहेको अवस्थामा नाम र रकम उल्लेख गरिएको कागजातहरु समेत फेला परेको ,निज हरुले भारत लगायत अन्य मुलुक समेतबाट सट्टेबाज गर्नको लागी युजर आइडी र पासवर्ड लिई कमिसनमा खेल खेलाउने, ग्राहकहरु खोज्ने, हार जीत भएका ब्यक्तिहरुलाई रकम लिने–पुर्याई दिने जस्ता कार्य गर्ने गरेको पाईएको छ । उनिहरुलाई कार्य मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उप दफा ४ बमोजिम कसुरमा सजाय हुने ब्यवस्था रहेको ।


पक्राउ परेका व्यक्तिहरु यसप्रकार रहेको छन् ः
१.जिल्ला कैलालि धनगढी न.पा.वडा नं.२ घर भई हाल का.जि.का.म.न.पा.१६ बनस्थली बस्ने बर्ष ३१ को अशोक सिंह ।
२.भारत बिहार सितामढी जिल्ला बर्गिनिया थाना घर भई हाल का.जि.का.म.न.पा.ठमेल बस्ने बर्ष २९ को बिक्रम कुमार जैसवाल ।
३.भारत बिहार सितामढी जिल्ला बर्गिनिया थाना घर भई हाल जि.ल.पु ,ल.पु.म.न.पा जावलाखेल बस्ने बर्ष ३१ को अंकित कुमार कलवार ।
४.जिल्ला रौतहट गौर न.पा. वडा नं.१ घर भई हाल का.जि.ठमेल बस्ने बर्ष २८ को राहुल कुमार जैसवाल ।
५.जिल्ला मोरङ्ग बिराटनगर म.न.पा.वडा नं. ३ घर भई हाल का.जि.कालिमाटी बस्ने बर्ष ३० को संदिप कुमार मंडल ।
६.जिल्ला काभ्रेपलाञ्चोक चौरीदेउराली गा.पा.वडा नं.८ घर भई का.जि.ठमेल बस्ने बर्ष ३६ को राजु थापा ।
७.जिल्ला धादिङ् गल्छी गा.पा.वडा नं.२ घर भई हाल का.जि.ठमेल बस्ने बर्ष ३१ को सन्तोष खतिवडा ।
८.भारत हिमान्चल प्रदेश,सोलन थाना घर भई हाल का.जि.का.म.न.पा.२३ बस्ने बर्ष ४६ को सुशिल जेस्टा ।
९.भारत राजस्थान प्रदेश चुरी जिल्ला,सुजनगढ थाना घर भई हाल का.जि.क.म.न.पा.२ लाजिम्पाट बस्ने बर्ष ३१ को पवन कुमार शर्मा ।
१०.भारत राजस्थान प्रदेश झुन झुन जिल्ला केवडी घर भई हाल का.जि.का.म.न.पा.२ लाजिम्पाट बस्ने बर्ष ३० को सुचित अग्रवाल ।
११.भारत बिहार मोतीहारी जिल्ला,मोतीहारी थाना घर भई हाल का.जि.का.म.न.पा.१ जमल बस्ने बर्ष ४० को मुकेश जैसवाल। रहेका छन्।