गण्डकी प्रदेशमा अद्यावधिक विवरण अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सोमबार सम्ममा २ सय १५ जना पुगेका छन्।
सोमबारमात्रै ४ जनाको मृत्यु भएसँगै २ सय १५ जना पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा.विनोदविन्दु शर्माले एक प्रेस विज्ञप्ती जारी गरी जानकारी गराएका हुन्।
कोरोना संक्रमणबाट सोमबार मृत्यु हुनेमा वालिङ नगरपालिका–१२ का वर्ष ५८ का पुरुष रहेको र उनलाई लुम्बिनी मेडिकल कलेज, पाल्पामा उपचारको क्रममा निधन भएको थियो। भने म्याग्दी जिल्ला रघुगंगा गाउपालिका–३ का ७८ वर्षिय पुरुषको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा निधन भएको थियो। त्यसैगरी कास्की जिल्ला पोखरा मनपा–२५ का ९१ वर्षिय पुरुषको मेडिप्लस अस्पताल, पोखरामा उपचारको क्रममा निधन भएको थियो भने पोखरा मनपा–१ का ५५ वर्षिय महिलाको मेडिप्लस अस्पताल पोखरामा उपचारको क्रममा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ।