पोखरा। आदिवासी जनजाति कलाकार महासंघ गण्डकीको अध्यक्षमा शंकर विरही गुरुङ चयन भएका छन् । लामो समय देखि लोक तथा दोहोरी गायकको रुपमा पहिचान कमाउन सफल गुरुङ कलाकारिता क्षेत्र र व्यवसायमा आबद्ध रहेका छन्।
आदिवासी जनजाति कलाकारहरुको पोखरामा आयोजित प्रथम गण्डकी प्रदेशस्तरीय भेलाले लोक दोहोरी कलाकार गुरुङलाई नेतृत्वको लागि निर्विरोध चयन गरेको थियो। गुरुङ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य समेत रहेका छन् ।
गुरुङको अध्यक्षतामा भेलाले २५ सदस्यीय समिति गठन गरेको छ। जसमा वरिष्ठ उपाध्यक्ष माया गुरुङ, प्रथम उपाध्यक्ष करण तामाङ, द्वितीय उपाध्यक्ष सरिता सारु मगर, महिला उपाध्यक्षमा दुर्गा गुरुङ चयन भएका छन् । त्यसै महासचिव सुरेन्द्र गुरूङ, सचिव टस गुरुङ, महिला सचिव ज्योति गुरुङ, कोषाध्यक्ष दिलु लामा र सहकोषाध्यक्षमा बसन्ती थापा मगर रहेका छन्।
सदस्यहरुमा सविना गुरुङ, विमल जिसी, गुप्त गुरुङ, रविना गुरुङ, प्रशान्त तामाङ, कुमारी बुढा मगर, निश्चल थापा, बत्ती थापा मगर, रमा राना, सनम तामाङ, चिना थापा मगर, संगिता गुरुङ ,पृथ्वी भुजेल, सन गुरुङ र रेणु रेलामे मगर रहेका छन् । तमु धि नेपालका अध्यक्ष हुमबहादुर गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
विजयी गुरुङले गरे धन्यवाद सहित आभार प्रकट व्यक्त गरेका छन्। सामाजिक सञ्जाल मार्फत आफूलाई गण्डकी प्रदेशको पहिलो अध्यक्ष बनाउनको लागि सहयोग गर्ने सम्पूर्णलाई आभार व्यक्त गरेका छन्। जुन यसप्रकार रहेको छ।
हार्दिक आभार !
गण्डकी प्रदेशका आदिवासी जनजाति कलाकारहरुलाई एकिकृत गर्दै आदिवासी जनजाति कलाकार महासंघ नेपाल, गण्डकी प्रदेश समिति गठन भएको छ र सौभाग्यवस पहिलो अध्यक्षको रूपमा म निर्वाचित भएको छु । कलाकारिताको अन्य संगठनहरुमा व्यस्त हुँदाहुँदै पनि अग्रज व्यक्तित्वहरुको अनुरोध र प्रतिनिधि कलाकार साथीहरू विशेष गरी भेलाका संयोजक सुरेन्द्र गुरुङ भाइको अनुरोधलाई नकार्न नसकी आदिवासी जनजाति कलाकार महासंघ, गण्डकी प्रदेशको बागडोर सम्हालेको छु । निर्वाचन कमिटीमा रहेर सहयोग गर्नुहुने संयोजक हुम गुरुङ ज्यू, सदस्यहरु लोकेन्द्र राई ज्यू, संगिता पुन ज्यू, पूर्ण लामा ज्यू र कृष्ण कुमार गुरुङ ज्यूलाई हार्दिक आभार प्रकट गर्दछु । मसंगै निर्वाचित हुनुहुने वरिष्ठ उपाध्यक्ष लगायत कार्यसमितिका सम्पूर्ण पदाधिकारी सदस्य साथीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु । हाम्रो कार्यसमितिलाई फेसबुक मार्फत बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्नुहुने सम्पूर्ण शुभचिन्तक ज्यूहरुलाइ हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
जय आदिवासी जनजाति कलाकार महासंघ









