नेपाल ट्रेड युनियन कांस्कीको आयोजनामा भएको नयाँवर्षको शुभकामना आदान प्रदान तथा पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रका निर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन कायक्रम शनिवार भएको छ।
उक्त कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कास्कीका नेता शुक्रराज शर्माले प्रजातन्त्रलाई मूल धारको रुपमा अगाडि बढाउन सक्नुपर्ने भन्दै देशको सबैभन्दा ठूलो सम्पत्ति र देशको मेरुदण्ड प्रजातन्त्र रहेको बताए।
प्रजातन्त्रमा अनुशासन, मर्यादा, नियम, विधि, शासन, मर्यादा हुने भएको एउटा पद्धतिको रुपमा विकास गर्ने भएकोले प्रजातन्त्र देशको मेरुदण्ड हो,” उनले भने।
प्रजातन्त्रविना मानिसमा नकरात्मक उर्जा मिली छाडा र दुरमुखी भई खाडलमा फस्ने हुँदा बेलैमा सचेत हुन आम जनसमुदायमा अनुरोध गरेका थिए।
कार्यक्रममा बोल्दै शर्माले, पत्रकारिता क्षेत्रमा कलम चलाउदा पत्रकारहरुले सकरात्मक तर्फ उर्जा प्रदान गरोस् भन्दै अलिकति अहंकारले स्थान नपाउने गरि कलम चलाउन आग्रह गरेका थिए।
चुनावमा जित र हार भन्दा ठूलो संगठन रहेकोले आफ्नो संघप्रति माया सद्भाव राखी बलियो बनाउनुपर्ने बताए। पत्रकार महासंघको निर्वाचनमा विजयीहरुले पराजित साथीहरुलाई साथमा राखी उनिहरुका सकरात्मक उर्जालाई लिएर आफ्नो कार्यकाल सफल बनाउन अनुरोध गरेका थिए।
राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि प्रतिगमनका विरुद्धमा कम्युनिष्ट र कांग्रेस संयुक्तरुपमा मिलेर लडेको स्मरण गर्दै आजको उपलब्धी भएको बताए। प्रजातन्त्रमा सबैको साथ आवश्यक भएको बताउँदै लोकतन्त्र नभनिकन अब प्रजातन्त्रलाई बलियो बनाउनुपर्ने आवश्यक रहेको नेता शर्माले औल्याए।
धर्म, राष्ट्रियताको रक्षा र विधिको कदर गर्न प्रजातन्त्र आवश्यक भएको बताउँदै प्रजातन्त्रले प्रतिगमनकारीले शिर उचो गर्न नदिने बताए। विधिको शासनमा प्रजातन्त्र बलियो हुने बताउँदै अहिले तानाशाहहरुले दिनप्रतिदिन मुन्टो ठडाएको भन्दै म्यानमारको उदाहरण उनले दिएका थिए। उनले “समाजमा काला छायाहरु देखिदै गर्दा उज्यालोको आशाका किरण प्रदान गर्न पत्रकारको कलमले मुख्य भूमिका खेल्न सकोस्” भने।
नेपाल टे«ड युनियन कांग्रेस कास्कीका उपाध्यक्ष डिल्लीराम भट्टराईले स्वागत मन्तव्य राखेका थिए भने नेपाल ट्रेड युनियन कांग्रेसका सल्लाहकार रामजी कुँबर, केन्द्रीय सदस्य जीतबहादुर गुरुङ, गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्मा, निवर्तमान कास्की जिल्ला अध्यक्ष कुलदेवी बराल, पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिमिल्सिना, गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी, जिल्लाका अध्यक्ष विमला भण्डारी, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देल लगायतले शुभकामना मन्तव्य राखेका थिए।
उक्त कार्यक्रममा कास्की जिल्लाबाट केन्द्र, प्रदेश र कास्की जिल्लामा नवनिर्वाचितहरुलाई फूलको माला र अविर लगाई सम्मान गरिएको थियो।
नेपाली कांग्रस कास्की नेता तथा कार्यक्रमका प्रमुख अतिथि शुक्रराज शर्माले गिरीजाप्रसाद कोइरालाको तस्विरमा माल्यार्पण गरी उद्घाटन गरेको कार्यक्रम नेपाल टे«ड युनियन कांग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सचिव रुद्र तिमिल्सिनाले सञ्चालन गरेका थिए।