प्रधानमन्त्री केपीशर्मा ओली र पूर्व प्रधानमन्त्री एवम् सांसद माधवकुमार नेपालको संयुक्त तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।
प्रधानमन्त्रीका शर्माका प्रेस सल्लाहकार सूर्य थापाले ट्विटरमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मेरियट होटलको झ्यालबाट नवनिर्मित धरहरा नियाल्दै गरेको तस्विर पोष्ट गरेका थिए।
सूर्य थापाले – “प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं सांसद माधवकुमार नेपाल संयुक्तरूपमा नागपोखरीस्थित मेरियट होटलको भेटघाट कक्षको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गर्नुहुँदै।” लेखेका छन्
करिब डेढ महिना लामो सम्वादहीनता तोडेर बुधबार दुई नेताबीच कुराकानी भएको थियो । वान टु वान भेटमा के कुराकानी भएको थियो भन्नेबारे खुल्न बाँकी रहेको छ। तर भेटबार्ता पछि दुवै नेता प्रफुल्ल मुद्रामा होटलबाट बाहिर निस्किएका थिए।
अहिले सम्मको भेटघाटबाट कुनै प्रगति नभएको छोटो प्रतिक्रिया नेता नेपालले बताएका छन्।








