लागुऔषध सहित पर्वत जिल्लाका एकजना मानिस शनिबार पक्राउ परेका छन्।
पोखरा महानगरपालिका वडानं. ३० पावरहाउसबाट साँझ ८ बजेको समयमा वडा कार्यालय गगनगौडाबाट खटिएको प्रहरीटोलीले पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नं. १३ सिस्नेरीका विदुर नेपालीलाई पक्राउ गरेको हो।
वर्ष २२ का नेपालीको साथबाट लागुऔषध डाइजापान–५० एम्पुल, फेनेरागन–४८, नुर्फिन–५० एम्फुल गरी जम्मा १ सय ४८ एम्पुल र मोवाइल १ थान फेला परेको प्रहरीले बताएको छ।
पक्राउ परेका नेपालीलाई लागुऔषध सम्वन्धी कसुर अन्तरगत कास्की जिल्ला अदालतबाट २० दिन म्याद थप गरि अनुसन्धान प्रकृयामा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी गराएको छ।