मातृभूमिका लागि नेपाली महिला राष्ट्रिय संघ कास्की अन्र्तगत पोखरा महानगरपालिका वडा नं २९ को भेला एक समारोहका बिच शनिवार सम्पन्न भएको छ । भेलाले भगवती कंडेल संयोजक रहेको १७ सदस्यिय समितिको गठन गरेको छ ।
समितिको सह–संयोजकमा सरला कंडेल, सचिवमा रन्जना भण्डारी, कोषाध्यक्ष सरस्वती बराल रहनुभएको छ । समितिका सदस्यहरुमा क्रमशः सत्या चापागाईं, गायत्री भण्डारी, राधा भण्डारी, कला भण्डारी, राधिका भण्डारी, बिन्दु तिवारी, बसुन्धरा तिवारी, कृष्ण पन्थ, सपना न्यौपाने, सुनिता पौडेल, कौसिल्या भण्डारी र माया थापा रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथीको मातृभूमिका लागि नेपाली शिक्षा बिभागका केन्द्रीय संयोजक तथा कास्की जिल्ला संयोजक डा. सबिन्द्रराज भण्डारीले हिन्दुत्वको दार्शनीक पक्ष र बैज्ञानीक पक्षको वारेमा बोलेका थिए।
संगठनका केन्द्रीय सदस्य राम बराल विशिष्ट अतिथी रहेको उक्त कार्यक्रममा जिल्ला–सह संयोजक कृष्णप्रसाद वास्तोलाले संगठनको सान्दर्भिकता र यसले भबिष्यमा गर्ने परिवर्तनको वारेमा बोलेका थिए भने संगठन विभाग प्रमुख माधव भण्डारीले संगठन र सदस्यको आचरणको बारेमा प्रकाश पारेका थिए।
कार्यक्रममा धर्म र सँस्कृती बिभागका प्रमुख शालिकराम पौडेल, वार्ड नं २९ का सल्लाहकार पारश्वर चापागाई र सामाजीक व्यक्तित्व महेश्वर पाण्डे लगायतले शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा मातृभूमिका लागि नेपाली कास्कीका सह–सचिव मनोज पौडेल, कृषि तथा उद्योग बिभागका प्रमुख राम हमाल, पोखरा १२ का वार्ड संयोजक तथा महिला राष्ट्रिय संघकी केन्द्रीय सदस्य बिद्या अधिकारी र १३ का वार्ड संयोजक शिवराज बराल समेतको आतिथ्यता रहेको थियो ।
महिला राष्ट्रिय संघ कास्कीका संयोजक रक्षा भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत महिला बिभाग कास्कीका प्रमुख मञ्जु गौतम र संचालन महिला राष्ट्रिय संघका जिल्ला सचिब मेनुका लामिछानेले गरेकी थिइन्।
यसैबिच सोही कार्यक्रमकै अवसरमा पोखरा महानगरपालिका वडा नं २६, २७ र ३१ को वडा संयोजकहरुको घोषणा गरिएको छ । सो अनुसार वडा नं २६ को संयोजकमा गंगा जि.सि, सह–संयोजक शारदा कार्की, वडा नं २७ को संयोजकमा सम्झना लामिछाने र वडा नं ३१ मा राजेश कार्की रहेको संगठन बिभाग प्रमुख माधव भण्डारीले बताए।
भण्डारीका अनुसार कार्यकममा २१ जना नयाँ सदस्यहरूलाई टिका लगाएर मातृभूमिका लागि नेपाली संगठनमा आबद्ध गराईएको थियो । सो अवसरमा पोखरा १३ का वार्ड संयोजक शिबराज बरालले उपस्थित सम्पूर्णलाई संगठनको क्यालेन्डर हस्तान्तरण गरेका थिए।









