प्रथम मेयर साइकल दौड प्रतियोगितामा वालिङका मेयर प्रथम भएका छन्। पोखराका फेवाताल किनार हल्लनचोकबाट सुरु भएको पाँच किलोमिटर दौड १५ मिनेट ३१ सेकेण्डमा पुरा गदै १० तोला चाँदीको मेडल, सम्मानपत्र र दोसल्ला प्राप्त गरे ।
जितपछि प्रतिक्रिया दिँदै मेयर खाँडले वातावरण जोगाउन र स्वस्थ रहन साईकल महत्वपूर्ण साधन भएको बताए ।
प्रतियोगितामा दोश्रो स्थान हुम्ला जिल्लाको नाम्खा गाँउपालिका मेयर विष्णुबहादुर लामाले प्राप्त गरे । १५ मिनेट ३८ सेकेण्डमा निर्धारित दुरी पुरा गदै उनले सात तोलाको चाँदीको मेडल, प्रमाणपत्र र दोसल्ला प्राप गरे । त्यस्तै प्रतियोगितामा कास्कीको माच्छापुच्छे गाँउपालिकाका प्रमुख कर्णबहादुर गुरुङले १६ मिनेट ४६ सेकेण्डमा निर्धारित दुरी पुरा गदै दोश्रो स्थान प्राप्त गदै पाँच तोलाको चाँदीको मेडल, प्रमाणपत्र र दोसल्ला प्राप्त गरे ।

यसैबीच पोखरा महानगरपालिकाले १३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)मा पदक विजेता खेलाडीहरुलाई सम्मान गरिएको छ ।मेयर साइकल दौड प्रतियोगिताको समापनमा पोखरा महागनरले रजत विजेता जमुना थापालाई नगद १ लाख सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।१३ औँ सागमा साईकल प्रतियोगितामा पदक विजेता निमा श्रेष्ठा ,नमुना थापा, राजेश मगर, उषा खनाललाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यसैवीच पोखराका पुराना साइकल चालकहरुलाई समेत सम्मान गरिएको छ । आफनो दैनिक जीवनमा साइकल प्रयोग गर्ने अग्रजहरु लोकबहादुर थापा,बसन्त सुवाल,चिजबाहदुर गुरुङ,इन्द्र नेपाली,खिमबहादुर थापा,भरतबहादुर कार्की, निरज थापा, यादवचन्द्र भुर्तेल, आलोक गुरुङ, मोहनसिंह लालचन,तुलसीकुमार श्रेष्ठ,श्यामकृष्ण श्रेष्ठ र रामनारायण श्रेष्ठलाई महानगर प्रमुख जिसी र उपप्रमुख गुरुङले सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

पोखरा महानगरपालिकाको आयोजनामा पहिलो पटक भएको मेयर साइकल दौड प्रतियोगितामा विभिन्न नगरपालिका र गाँउपालिकाका गरी ९ जनाले प्रतियोगिका रुपमा सहभागीता जनाएका थिए । नेपाली नयाँ वर्षको अवसरमा स्थानीय सरकारका प्रमुखरुलाई एकै ठाँउमा जम्मा गरेर अनुभव आदान प्रदानसंगै वातावरणमैत्री विकासलाई प्राथमिकता दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको पोखरा महानगरका प्रमुख मानहादुर जिसीले बताए ।