पोखराको एयरपोर्टमा मौसमको खरावीका कारण प्लेनहरु उड्न नसक्सा माइक्रोबसले काठमाण्डौका यात्रुहरु बोकेको छ।

पोखरामा आज मंगलबार कुनैपनि उडान नहुँदा हजारौं यात्रीहरु समस्यामा परेका छन्।
काठमाण्डौ गएर मंगलबार नै फर्कने सोचका साथ पोखरेली पत्रकार कविता श्रेष्ठ विहान ७ बजेको फ्लाइट छानेकी थिइन् । तर ११ः४५ मिनेटसम्म कुनै फ्लाइट भएन, एक्कासी ११ः४५ सम्मका सम्पूर्ण फ्लाइट क्यान्सिल भए भन्ने खबर आयो। अरु बाँकी फ्लाइट पनि क्यान्सिल हुन सक्छन् भन्दै एकजना कर्मचारीले बोले। करिब सयौं जना यात्रुहरुको न उनलाई चिन्ता थियो न कुनै उनिसँग विकल्प। कराए अनि भित्र पसे। समस्या धैरै यात्रुका थिए, भोलिको दिन नयाँवर्षको सार्वजनिक विदा भएकोले एकैदिनमा सम्पूर्ण काम सकेर पोखरा आउने चाहना पुरा हुन सकेन कविताको। अन्त्यमा मिनि माइक्रो बस मगाएर पोखरा एयरपोर्टबाट उनि सँगै १० जना काठमाण्डौं तर्फ लागे।
उनिहरुसँगैका ४ जना एयरपोर्ट नजिकै भाडामा सञ्चालन हुने ट्याक्सी लिएर काठमाण्डौं तर्फ लागे। अन्य यात्रुहरु कोही काठमाण्डौं जानको लागि माइक्रो खोज्दै थिए भने कोही ट्याक्सीसँग मुल्यको बारेमा छलफल गर्दै थिए। अधिकांश यात्रुहरु भोलि जाने तरखरमा घरतर्फ लागे।
यात्रुले पैसा फिर्ता पाउन झण्झट
प्राय जसो पोखराको फ्लाइट डिले हुनु सामान्य मानिन्छ, पोखराको वातावरण र ट्राफिक जामको कारण न समयमा पोखराबाट फ्लाइट छुट्छ, न समयमा नै पोखरा ओर्लन सकिन्छ, यस्तो समस्या प्राय पोखरा आउने र पोखराबाट अन्त जाने समस्या सामान्य हो। तर पोखराबाट कुनै फ्लाइट नहुँदा टिकट काटेका यात्रुहरुको समस्या भन्दा पनि फोन पे, आइएमइ पे र ई–मोवाइल बैंकिङबाट टिकट काट्ने यात्रुहरुको समस्या भने बेग्लै रह्यो। पोखरा एयरपोर्टका कर्मचारीहरुले तपाईहरुले काटेको टिकट जहाँ हो त्यही सम्पर्क गर्नुस् पैसा फिर्ता पाउनुहुनुन्छ भने। तर केही यात्रुहरु टिकट काटेको ट्राभल एजेन्सी तर्फ लाग्न बाध्य बने भने मोवाइलबाट टिकट काट्नेहरु कहाँ जाने भनेर अलमल भएर बसेका थिए। त्यस्तै एकजना मुक्तिनाथ विकास बंैकको खाताबाट मोवाइल मार्फत टिकट लिएका नविन श्रेष्ठले क्षेत्रीय शाखा मुक्तिनाथ बैंकमा बुझ्दा तपाईको पैसा ३ दिनभित्रमा फिर्ता आउछ, यदी आएन भने पुन सम्पर्क गर्नुहोला भनेपछि घर उनि फर्किए।