जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले ट्राफिक व्यवस्थापनका लागि विभिन्न गतिविधि गरेको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन र ट्राफिक नियम उल्लंघन गर्ने सवारी र सवारी चालकहरुलाई कारवाही र सचेतना दुवैलाई सँगसँगै अगाडि वढाएको पाइएको छ । मोटर साइकल देखि वस सम्मलाई विभिन्न छ विधामा छुट्याइ तयार पारिएका कारवाही विवरण सम्बन्धि तालिका अनुसार ५३७ वटा ट्रक तथा ट्याकंरबाट ३ लाख ३३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै १६० वटा वस मिनिवसबाट ८६ हजार ५ सय, १५८१ जीप कार भ्यानबाट ९ लाख १५ हजार ५ सय, ७९६ ट्याक्टर बाट ५ लाख २२ हजार १०६३ मोटर साइकल स्कुटरबाट ७ लाख ८१ हजार समेत गरी ४१४५ वटा सवारी साधनलाई गरिएको कारवाहीबाट २६ लाख ३८ हजार ५ सय रुपैयाँ राजस्व संकलन ९ महिना भित्र गरेको छ ।
यस्तै मादक पदार्थ सेवन गरी सवारी चलाउने ९१ जनाबाट ९९ हजार रुपैयाँ राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्र.ना.नि.मिन बहादुर खड्काले वताए ।
ट्राफिक नियम परिपालना गर्न अनुरोध गर्दै पर्चा, पम्प्लेट, घरदैलो सचेतना कक्षा लिई दुर्घटना न्यूनिकरणमा भूमिका खेलेको पनि म्याग्दी ट्राफिकले जनाएको छ ।

जसमा ७०८ विद्यार्थीलाई कक्षा संचालन, १६१७ जना व्यवसायीक चालकलाई ट्राफिक सचेतना कक्षा, १८० जना आम नागरिक, ट्राफिक नियम सम्बन्धि कक्षा, ३९२३ जनालाई पर्चा वितरण गरी ६ हजार २ सय ४३ जनालाई जनचेतनामूलक कार्य सम्पन्न गरेको छ ।
म्याग्दीमा चालु आवमा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु १९ जना घाइते भएको विवरण म्याग्दी ट्राफिकले उपलब्ध गराएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 107 Viewed

प्रतिक्रिया दिनुहोस्