पदम श्रेष्ठ÷पोखरा
सानैदेखि जे भन्छन त्यही दिदै मायाले पुलपुलाउँदै हुर्काएका तीन वटै छोरा लागूपदार्थको कुलतमा फसेपछि पोखरा चाउथेका रेशम (नाम परिवर्तन) को परिवारको दिनको भोक र रातको निन्द्रा हराएको छ । किशोरअवस्थामा छोरालाई साथिहरुसँग निस्फिक्री घुमफिर गर्न दिंदा चुरोटको सर्कोबाट सुरु भएको लागूपदार्थ सेवनको सिढी चढ्दै गाँजा, चरेस, रक्सीसँगै अरु पनि हुन थाल्यो ।
तीन वटा छोराले घरमा भएको व्यापार व्यवसाय सम्हालेर सुख देलान भनेको त अहिले रेशम बुढेसकालमा छोराहरुलाई ठाउँ ठाउँको सुधार केन्द्रमा राख्दा राख्दै हैरान बनिसकेका छन् । पोखराका नाम चलेका सबै सुधार केन्द्रको ढोका ढकढकाउन पुगेका रेसमको परिवार कुलतमा चुलुम्र्म डुवेका तीन वटै छोराहरुका कारण जीउँदै मरेतुल्य बनेका छन् । कुलतमा फसेका श्रीमति र सन्तानहरु पनि कमाएर घरपरिवार चलाउनुपर्ने व्यक्ति गाँजादेखि रक्सी र यौनकर्मी महिलासँग लागेर धन, सम्पति, ईज्जत उडाई दिदा चिन्तै चिन्ताले हैरान बनेका छन ।
घरमा सानोतिनो व्यवसायबाट भएको आम्दानी र बारीमा खेतिपाति गरेर कमाएको दुई चार हजार रुपयाँ गाह्रोसाह्रो पर्दा चाहिन्छ भनेर जता लुकाएर राखेपनि चोरेर हैरान बनाउने, महंगा सामान, भाँडाकुँडा, फर्निचरका सामान बेचेर अम्मल खान कुद्ने बानी कसरी सुधार्ने ?, त्यो परिवारको एउटै चिन्ता छ ।
- भारतीय नाका हुँदै लागूऔषधको ओईरो
- रुकुम, रोल्पाबाट गाँजा र चरेस
- यौनकर्मी, युवा, र उच्च शिक्षाका बिद्यार्थी किनवेचमा
- दिनहुँ भित्रिन्छ लागूऔषध
- युवक, किशोर किशोरी प्रयोगकर्ता
- यौनसँगै लागूपदार्थको कुलतमा फस्नेहरु बडे
- साना कारोवारी मात्रै पक्राउ
- गाँजा र लागूऔषधको वड्दो प्रयोग
- पर्यटकिय क्षेत्र लेकसाईड अखडा
रेशमको जस्तो वेहाल हुनेहरु पोखरामा अहिले दिनप्रति दिन बड्दै छन् । आफुले माया ममता गरेर हुर्काएको सन्तान लागूपदार्थको कुलतमा फसेपछि उपचारका लागि सुधार केन्द्रमा भौतारिदै हिड्नेहरुको
लर्को लागेको छ ।
टोल टोलमा खुलेका भट्टी पसलदेखि यौन अखडा, डिस्को, दोहोरी, रेस्टुरेण्ट, जंगल, सुनसान ठाउँहरुमा ग्राहक खोज्दै कुलतमा डुवाउँदै रातारात मालामाल हुन खोज्ने अपराधिहरुले पोखरालाई लागूपदार्थको अखडा बनाईरहेका छन् । प्रहरीले सानातिना कारोवारीलाई पक्राउ गरेको बेला बेलामा सार्वजनिक गरेपनि ठुला कारोवारीहरु अहिलेसम्म पक्राउ परेका छैनन् ।
अर्काको जीन्दगी र घरवार भत्काएर आफ्नो घर बनाउने, पैसा कमाउने र सुखसयलमा बाँच्न खोज्ने अपराधिहरुका कारण हजारौं मानिसको जीन्दगी नरकिय बन्न पुगेको छ ।
– सुवास हमाल (प्रहरी नायव उपरीक्षक)
जिल्ला प्रहरी कार्यालय, कास्की)
दैनिकी लागुऔषधकर्ता समाइनु भनेको प्रयोगकर्ता बढेको नभई प्रहरीको सक्रियता बढेको हो। “हामीले अहिले रातीको समयमा नाका–नाकामा डिउटीमा खटिएका छौं, विभिन्न सूचनाको आधार र प्रहरीको सक्रियताले गर्दा नै दैनिकी लागुऔषधको कुलतमा फसेका र कारोवारीहरुलाई पक्रन सफल भएको हौ।” लागुऔषध कारोवार गर्नेमा पोखराको हदमा भन्ने हो भने औषधि व्यापारिक नभई लागुऔषध प्रयोगकर्ताहरुले नै कारोवार गरेको देखिएको छ। उनिहरु पहिला लागुऔषध प्रयोग गर्ने र पछि विस्तारै लागुऔषधको कारोवार गरेको पाइएको छ। नेपाल भारत खुल्ला सिमानाको कारण गर्दापनि लागु औषध ल्याउने क्रम बढेको छ। लागुऔषध कारोवारीहरु मनग्य आर्थिक लाभ लिने भएकोले ठूलो चुनौती मोलेर यो काम गरेको पाइएको छ। घरपरिवार, समाज, नागरिक अगुवा, पत्रकारहरु सबैले सहयोग गरेको खण्डमा लागुऔषध दुव्र्यसनी कम गर्न सकिन्छ।
कृष्ण पाण्डे (अध्यक्ष)
नेपाल औषधि व्यवसायी संघ, गण्डकी प्रदेश
औषधि व्यवसायीहरुले लागुऔषधको कारोवार गर्छन भन्ने मलाई विश्वास लाग्दैन लागुऔषध र औषधि भन्ने विषय फरक फरक हुन्। मानसिक रोगीहरुले प्रयोग गर्ने करिब २० प्रकारका औषधिहरु डाक्टरको प्रिस्किप्सनको अधारमा रेकर्ड राखेर मात्रै विक्री वितरण गरिन्छ। बजार क्षेत्रभन्दा बाहिर रहेका केही व्यक्तिले खोकीको औषधि जस्तै अन्य औषधि फरक फरक व्यक्तिलाई केही विक्री गरेका होलान्, त्योपनि चामलमा वियाँ जस्तो। व्यावसायीहरुले गलत काम गरेर आफूले कमाएको इज्यत फाल्छन जस्तो लाग्दैन मलाई। बरु प्रहरी प्रशासनबाट सीमा नाकामा कडाइ गर्ने, दुब्र्यसनीको बारेमा मोटिभेशनल टे«निङ गराउने, पक्राउ परेका व्यक्तिलाई कारवाही मात्र नभई उनिहरुले अबको जिवन नयाँ कसरी सुुरु गर्ने भन्ने तर्फ लाग्नुपर्छ। घरपरिवारले बालबालिकाको बारेमा अभिभावकको जिम्मेवारी पुरा गर्नुपर्छ, पैसा दिनु मात्र अभिभावकको जिम्मेवारी होइन। यो समस्या भनेको हाम्रो घरको पनि समस्या हो। हाम्रा बालवालिकालाई पनि लागुऔषधको बारेमा राम्रोसँग शिक्षा दिनुपर्छ। टोल, समाजका रहेका हरेक व्यक्तिले आफ्नै समस्या मानेर लागुऔषधी दुब्र्यसनी निवारणको लागि अग्रसर भई अगाडि बढ्नुपर्छ।
कम लगानीमा ठुलो जोखिम मलेर रातारात मालामाल वन्ने महत्वाकांक्षा वोकेकाहरुलाई कडाईका साथ निगरानी गरेर कार्वाही नगरिदा अपराधिहरुले पोखरालाई लागूपर्दाथको अखडा बनाएका छन्। अन्तराष्ट्रिय पर्यटकहरुको चहलपहल भईरहने र लाहुरे परिवारको थलो भएकोले यो शहर लागूपदार्थका कारोवारीहरुको पनि रोजाईमा परेको छ । खरिदभन्दा विक्री मुल्य निकै उच्च हुने भएकोले जोखिम मोलेर भएपनि यसको कारोवारमा लाग्नेहरुको कमि छैन । कारोवारीहरुले साथिहरुसग मिलेर आफु पनि सेवन गर्ने र पोखरामा किशोरकिशोरी, युवा, क्याम्पस पढ्ने युवाहरु, यौनकर्मी महिला र पुरुषलाई वेच्ने गर्दछन् ।
पोखरामा नेपाल भारतको सिमाक्षेत्रदेखि उतरको हिमाली, पहाडी क्षेत्रसम्म पाईने लागूपर्दाथ भित्रिने गरेको छ । भारतवाट विरगंज, सुनौली, महेन्द्रनगरवाट व्राउनसुगर, नाईट्रोसन, नाईट्रोभ्याट, स्टारगन ईन्जेक्सन, फेनरागन, नर्फिन, डाईजापाम लगायतका लागूपदार्थ भित्रिन्छ । रुकुम, रोल्पा, वाग्लुङ्ग र मकवानपुरवाट गाँजा, चरेस, पोलेन (गाँजाजस्तै कालोपदार्थ ) ल्याईन्छ । तराईतिरवाट कारोवारीहरुले मोटरसाईकल र वसमार्फत र पहाडीक्षेत्रवाट गाउँलेलाई भरिया बनाएर ओसारपसार गर्ने प्रहरीको भनाई छ । लागूपदार्थका कारोवारीहरुले ओसारपसार गर्ने व्यक्ति, वाटो र हुलिया छिनछिनमा वदल्ने भएकोले सजिलै पक्राउ गर्न नसकिएको प्रहरी बताउँछन । वाग्लुङ्गवाट पोखरा आउने सवारीमा कडा निगरानी राखेपछि कारोवारीहरुले भरियामार्फत गुल्मी र पाल्पाको नाका प्रयोग गर्दै चरेस ओसार्न थालेका प्रहरीको भनाई छ । प्रहरीको पहँुच नभएका दुर्गम गाउँहरुमा चरेस, गाँजाजस्ता पदार्थ वनाउने र ठुला कारोवारीहरुले सिधा गाउँलेलाई प्रयोग गरेका पाईएको छ ।
कास्की प्रहरीले पक्राउ गरेका अधिकांश लागूऔषध भारतीय नाका हुदै आएको देखिएको छ । कारोवारीहरुले सिमाक्षेत्रका महिला, वालवालिकाहरुको शरीरमा पट्टीले बाँधेर लागूऔषध नेपाल भित्र्याउने गरेका अभियुक्तहरुले बताएका छन् ।
पर्यटकिय क्षेत्र लेकसाईडमा घुमफिर र रमाईलो गर्न आउनेहरुको भीडमा लागूपदार्थ र यौनका पारखीहरु पनि भेटिन्छन् । तालकिनारा, होटल र आसपासका डाँडाहरुमा वेलावेलामा पर्यटकहरु गाँजा, चरेस र व्राउनसुगरसहित पक्राउ पर्दै आएका छन ।
चैत्र महिनामा पक्राउ परेका लागूऔषध कारोवारीहरु
- २०७७।१२।२२ गते, अन्दाजि ०३ः३० बजे, जिल्ला कास्की पोखरा महानगरपालिका–९ पृथ्वीचाकमा खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा जिल्ला बारा कलैया–५ बस्ने वर्ष २० को गोबिन्द शाह र ऐ.ऐ. ११ बस्ने वर्ष २० को मनु गिरीको साथबाट ४७ ट्याब्लेट नाईट्रोभ्याट फेला पारी निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
- २०७७।१२।२१ गते, अन्दाजि २१ः४५ बजे, जिल्ला कास्की पोखरा महानगरपालिका–३० गगनगौंडा स्थित पावरहाउस प्रहरी चेकिङ टोलिले काठमाडौँबाट पोखरातर्फ आउदै गरेको बा३ख ९११५ नं.को बस चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला कास्की पोखरा महानगरपालिका–१५ टुटुङगा बस्ने वर्ष २६ को सोम थापाको साथबाट फेनारगन १२ एम्पुल,डाईजापाम १४ एम्पुल र नोर्फिन १४ एम्पुल गरी ४० एम्पुल लागुऔषध फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
- २०७७।१२।२० गते, अन्दाजी ००ः४५ बजे, जिल्ला नवलपरासी(पुर्व) गैडाकोट नगरपलिका–१ मा खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा जिल्ला नवलपरासि(पुर्व) गैडाकोट नगरपालिका–२ बस्ने वर्ष ३१ को रमेश लामाको साथबाट ल्क्ष्त्च्ब्ख्भ्त्–ज्ञण् ट्याब्लेट थान–१२० फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
- २०७७।१२।१८ गते, अन्दाजि २०ः३० बजे, जिल्ला कास्की पोखरा महानगरपालिका–३० पावरहाउस स्थितमा प्रहरी चेकिङ टोलिले नारायणघाटबाट पोखरातर्फ आउदै गरेको ग १ ख ७७१५ नं.को बस चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला रुपन्देही कटहैमाई गाउँपालिका–५ छोटका मजगवा बस्ने वर्ष २० को बिजय चौहानको साथबाट फेनारगन १०० एम्पुल, डाईजापाम १०० एम्पुल र नोर्फिन १०० एम्पुल गरी ३०० एम्पुल लागु औषध फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
- मिति २०७७।१२।१५ गते, अन्दाजी०५ः०० बजे, जिल्ला कास्की पोखरा महानगरपालिका–१७ छोरेपाटन स्थित प्रहरी चेकिङ टोलीले भैरहवाबाट पोखरातर्फ आउँदै गरेको लु १ ख ८५५३ नं.को बसलाई चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला तनहुँ फिरफिरे घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका–११ फुलबारी बस्ने वर्ष २७ को युवराज गुरुङलाई शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट अबैध लागुऔषध नुरफिन थान–७२, फेनरागन थान–७२ र डाईजापाम थान–७२ गरी जम्मा २१६ थान फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान
- मिति २०७७।१२।०७ गते अन्दाजी ०५ः०० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका–१० अमरसिहं चोक स्थित पैदल यात्री भारत उत्तर प्रदेश घर बताउने वर्ष २८ को जयराम थर (नखुलेको) लाई वडा प्रहरी कार्दयालय रामबजार कास्कीबाट खटिएको मोबाइल टोलीले शंका लागि चेकजाँच गर्दा निजले बोकेको कालो रङको झोलाबाट नुर्फिन– ५५ एम्पुल, डाइजापाम–५६ एम्पुल र फेनारगन–५४ एम्पुल गरी जम्मा १६५ एम्पुल लागूऔषध र नगद रु.२८,३६५÷–(रु.अठ्ठाईस हजार तीन सय पैंसठ्ठी) सहित फेला पारी निजलाई नियन्त्रणमा लिइ घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।
- मिति २०७७।१२।०४ गते, अन्दाजी २३;०० बजे, जिल्ला नवलपरासी पूर्व विनयी त्रिवेणी गाँउपालिका–२ दाउन्ने बजार स्थित पूर्वपश्चिम राजमार्गमा पैदल यात्री जिल्ला रौतहट गौर नगरपालिका–७ बस्ने वर्ष १८ को पवन कुमार दासलाई प्रहरीको राजमार्ग चेकिङ टोलिले चेकजाँच गर्दा निजको साथबाट नोफिन ३१ एम्पुल, फेनारगन ३१ एम्पुल र डाईजापम ३१ एम्पुल फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
- मिति २०७७।१२।०३ गते अन्दाजी १०ः०० बजे, कावासोती नगरपालिका–१६ चालिस किलो स्थित पूर्व पश्चिम राजमार्गमा खटिएको प्रहरीको चेकिङ टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बस चेकजाँच गर्ने क्रममा जिल्ला चितवन भरतपुर महानगरपालिका–२७ बस्ने वर्ष ३१ को बिनोद चौधरी र ऐ.१७ बस्ने वर्ष ३३ को बिजय लामाको साथबाट नुर्फिन– ९७ एम्पुल, डाइजापाम–९७ एम्पुल र फेनारगन–९७ एम्पुल गरी जम्मा–२९१ एम्पुल लागूऔषध सहित फेला पारी निजहरुलाई नियन्त्रणमा लिइ घटनाका विषयमा थप अनुसन्धान भइरहेको ।
- मिति २०७७।१२।२४ गते, अन्दाजी १४ः२५ बजे, जिल्ला कास्की पोखरा महानगरपालिका–२१ फुस्रेखोला नजिक जिल्ला प्रहरी कार्यलय कास्की बाट खटिएको प्रहरी गस्ती टोलीले ग १६ प ५१५७ नं.को स्कुटरमा सवार जिल्ला कास्की पोखरा–१७ बिरौटा बस्ने वर्ष ३१ को सुरज कुमार क्षेत्री र पछाडि सवार जिल्ला स्याङ्जा पुतलिबजार नगरपालिका–२ घर भई हाल पोखरा–१७ बिरौटा बस्ने वर्ष ३२ को दिपक कुँवरको साथबाट फेनारगन ७० एम्पुल,डाईजापाम ७४ एम्पुल र नोर्फिन ६६ एम्पुल गरी जम्मा २१० एम्पुल लागु औषध फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
- मिति २०७७।१२।२१ गते अं.२२ः०० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा न. ३० गगनगौडा स्थित वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरी टोलिले सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाण्डौबाट पोखरा तर्फ आउदै गरेको सवारी साधनमा सवार जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १५ टुटुङ्गा बस्ने बर्ष २६ को सोम भन्ने चित्र बहादुर थापाको साथबाट लागूऔषध डाईजापाम– १३ एम्पुल, फेनेरागन– १३ एम्पुल, नुर्फिन–१४ एम्पुल गरी जम्मा ४० एम्पुल र मोबाईल थान १ सहित फेला पारी निजलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुर अन्तरगत अनुसन्धानको कार्य अगाडी बढाईएको छ ।
- नाम ः सोम भन्ने चित्र बहादुर थापा, उमेर ः २६ वर्ष, ठेगाना ः जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १५ टुटुङ्गा, पक्राउ मिति २०७७।१२।२१ गते ।, पक्राउ स्थान ः जिल्ला कास्की पोखरा म.न.पा.३० गगनगौडा, नोट ः– निजलाई लागूऔषध सम्बन्धी कसूर अन्तर्गत सम्मानित कास्की जिल्ला अदालत मार्फत दिन (१५) पन्ध्र दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।
- मिति २०७७।१२।२१ गते अं.२०ः५० बजेको समयमा जिल्ला कास्की पोखरा, महानगरपालिका वडा न. ३० गगनगौडा स्थित वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरी टोलिले सवारी साधन चेकजाँच गर्ने क्रममा जिल्ला चितवन कालिका –३ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ७ बस्ने बर्ष २० को नबिन गुरुङ र जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १७ घारिपाटन बस्ने बर्ष २० को सुवास बि.क.को साथबाट लागूऔषध गाँजा १ के.जी. ३६० ग्राम र मोबाईल थान १ सहित फेला पारी निजहरुलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुर अन्तरगत अनुसन्धानको कार्य अगाडी बढाईएको छ । नाम ः नबिन गुरुङ, उमेर ः २० वर्ष, ठेगाना ः जिल्ला चितवन कालिका –३ स्थायी घर, भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ७, पक्राउ मिति २०७७।१२।२१ गते ।, पक्राउ स्थान ः जिल्ला कास्की पोखरा म.न.पा.३० गगनगौडा, नाम ः सुवास बि.क., उमेर ः २० वर्ष, ठेगाना ः जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १७ घारिपाटन, पक्राउ मिति २०७७।१२।२१ गते ।, पक्राउ स्थान ः जिल्ला कास्की पोखरा म.न.पा.३० गगनगौडा। नोट ः– निजलाई लागूऔषध सम्बन्धी कसूर अन्तर्गत सम्मानित कास्की जिल्ला अदालत मार्फत दिन (१०) दश म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।
- मिति २०७७।१२।२० गते अं.१०ः०० बजेको समयमा जिल्ला कास्की पोखरा, महानगरपालिका वडा न.९ पृथ्वीचोक स्थित वडा प्रहरी कार्यालय बैदामबाट खटिएको, प्रहरी टोलिले शंकास्पद अवस्थामा हिडिरहेका जिल्ला कास्की माछापुच्छ्रे गा.पा वडा नं.७, बस्ने बर्ष २५ को धिरज बि.क. र ऐ.ऐ. बस्ने बर्ष २० को राजिब बिश्वकर्माको साथबाट, लागूऔषध डाईजापान– २२ एम्पुल, फेनेरागन– २२ एम्पुल, नुर्फिन– २२ एम्पुल गरी जम्मा ६६ एम्पुल लागुऔषध सहित फेला पारेको हुंदा निजहरुलाई नियन्त्रणमा लिई, लागूऔषध सम्बन्धी कसुर अन्तरगत अनुसन्धानको कार्य अगाडी बढाईएको छ ।
- नाम ः धिरज बि.क., उमेर ः २५ वर्ष, ठेगाना ः जिल्ला कास्की माछापुच्छ्रे गा.पा वडा नं.७, पक्राउ मिति २०७७।१२।२० गते ।, पक्राउ स्थान ः जिल्ला कास्की पोखरा म.न.पा.०९ पृथ्वीचोक, नाम ः राजिब बिश्वकर्मा, उमेर ः २० वर्ष, ठेगाना ः जिल्ला कास्की माछापुच्छ्रे गा.पा वडा नं.७, पक्राउ मिति २०७७।१२।२० गते ।, पक्राउ स्थान ः जिल्ला कास्की पोखरा म.न.पा.०९ पृथ्वीचोक। नोट ः– निजलाई लागूऔषध सम्बन्धी कसूर अन्तर्गत सम्मानित कास्की जिल्ला अदालत मार्फत दिन (५) पाँच म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।








