व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, गण्डकी प्रदेश पोखराले आ.व. २०७७÷०८८ मा सहभागी प्रशिक्षार्थीलाई दक्षताको प्रमाण पत्र प्रदान गरेको छ ।
तालिम केन्द्रले शुक्रबार एक कार्यक्रम गरी गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, पोखराद्वारा सञ्चालित कटाई सिलाई तथा पालर (डिप्लोमा) स्तर बृद्धि तालिमको समापन गरी सहभागी प्रशिक्षार्थीलाई दक्षताको प्रमाण पत्र प्रदान गरेको हो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यलयका अधिकृत प्रभु सिग्देल आर्थिक रुपले कमजोर विपन्न महिला तथा पुरुषहरुलाई सीप विकास तालिम प्रदान गर्नु सरकारको विशिष्ट कार्य भएको जनाए।
गण्डकी प्रदेश व्यावसायिक तथा सीप विकास तालिम केन्द्रका प्रमुख अनिल सुवेदिले सीप र दक्षता स्वरोजगारको पहिलो खुड्किलो हुने बताए । नयाँ वर्ष २०७८ को शुभकामना दिंदैै केन्द्रले युवावर्गमा सिप प्रदान गरेको र स्वरोजगारको लागि दक्ष बनाएको पनि सुवेदिले बताए । सुबेदीले भने “देशमा दक्षता र सीपको कमिका कारण व्याप्त रुपमा बेरोजगार बढ्दै गएको छ ।साथै कोरोना महामारीले गर्दा बैदेशिक रोजगारमा पनि कमि आएको छ । यस अवस्थामा युवावर्गलाई उपयुक्त सीप युक्त र दक्ष बनाई स्वरोजगार र बैदेशिक रोजगारको अवसर श्रृजना गर्ने छ । ”
तालिम केन्द्रका सुचना अधिकारी राम प्रसाद पौडेलले गत वर्ष कोरोना महामारीले तालिम सञ्चालना असर गरेको बताउँदै केन्द्रले प्रशिक्षार्थीहरुलाई नि शुल्क तालिम दिएको र तालिम सामाग्री, उपकरण खाजा खर्च तथा प्रशिक्षक सुविधा पनि दिदै आएको बताए।
केन्द्रको आ.व. २०७७÷०८८ को २०७७ माघ महिना देखि संचालन गरिएको कटाई सिलाई स्तर बृद्धिमा २० जना र पालर (डिप्लोमा)स्तर बृद्धिमा २० जना प्रशिक्षार्थी सहभागी भएका थिए ।
यस व्यावसायिक तथा सीप विकास तालिम केन्द्रले बम्प्यसटर, मोटरसाइकल मर्मत, विद्युत जडान, इलेक्ट्रोनिक्स तथा मोवाईल मर्मत, कटाई सिलाई, केश श्रृंगार, वेल्डीङ्ग , प्लम्विङ्ग लगायतका तालिमहरु संचालन गदै आएको छ ।
प्रदेशको कास्की, स्याङ्जा, तनँहु, गोरखा, लम्जुङ, पर्वत, म्याग्दी, बाग्लुङ्ग, नवलपुर मनाङ र मुस्ताङ गरि ११ वटै जिल्लामा वेरोजगार कोरा श्रम शक्तिलाई स्थापना काल देखि हाल सम्म विभिन्न सीप मूलक तालिम दिदै आएको छ ।
व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, गण्डकी प्रदेश पोखराले आ.व. २०७७÷०८८ मा सहभागी प्रशिक्षार्थीलाई दक्षताको प्रमाण पत्र प्रदान गरेको छ । तालिम केन्द्रले आज एक कार्यक्रम गरी गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, पोखराद्वारा सञ्चालित कटाई सिलाई तथा पालर (डिप्लोमा) स्तर बृद्धि तालिमको समापन गरी सहभागी प्रशिक्षार्थीलाई दक्षताको प्रमाण पत्र प्रदान गरेको हो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यलयका अधिकृत प्रभु सिग्देल आर्थिक रुपले कमजोर विपन्न महिला तथा पुरुषहरुलाई सीप विकास तालिम प्रदान गर्नु सरकारको विशिष्ट कार्य भएको जनाए।
गण्डकी प्रदेश व्यावसायिक तथा सीप विकास तालिम केन्द्रका प्रमुख अनिल सुवेदिले सीप र दक्षता स्वरोजगारको पहिलो खुड्किलो हुने बताए । नयाँ वर्ष २०७८ को शुभकामना दिंदैै केन्द्रले युवावर्गमा सिप प्रदान गरेको र स्वरोजगारको लागि दक्ष बनाएको सुवेदिले बताए। सुबेदीले भने “देशमा दक्षता र सीपको कमिका कारण व्याप्त रुपमा बेरोजगार बढ्दै गएको छ ।साथै कोरोना महामारीले गर्दा बैदेशिक रोजगारमा पनि कमि आएको छ । यस अवस्थामा युवावर्गलाई उपयुक्त सीप युक्त र दक्ष बनाई स्वरोजगार र बैदेशिक रोजगारको अवसर श्रृजना गर्ने छ ।”
तालिम केन्द्रका सुचना अधिकारी राम प्रसाद पौडेलले गत वर्ष कोरोना महामारीले तालिम सञ्चालना असर गरेको बताउँदै केन्द्रले प्रशिक्षार्थीहरुलाई नि शुल्क तालिम दिएको र तालिम सामाग्री, उपकरण खाजा खर्च तथा प्रशिक्षक सुविधा पनि दिदै आएको बताए।
केन्द्रको आ.व. २०७७÷०८८ को २०७७ माघ महिना देखि संचालन गरिएको कटाई सिलाई स्तर बृद्धिमा २० जना र पालर (डिप्लोमा)स्तर बृद्धिमा २० जना प्रशिक्षार्थी सहभागी भएका थिए ।
यस व्यावसायिक तथा सीप विकास तालिम केन्द्रले बम्प्यसटर, मोटरसाइकल मर्मत, विद्युत जडान, इलेक्ट्रोनिक्स तथा मोवाईल मर्मत, कटाई सिलाई, केश श्रृंगार, वेल्डीङ्ग, प्लम्विङ्ग लगायतका तालिमहरु संचालन गदै आएको छ। प्रदेशको कास्की, स्याङ्जा, तनँहु, गोरखा, लम्जुङ, पर्वत, म्याग्दी, बाग्लुङ्ग, नवलपुर मनाङ र मुस्ताङ गरि ११ वटै जिल्लामा वेरोजगार कोरा श्रम शक्तिलाई स्थापना काल देखि हाल सम्म विभिन्न सीप मूलक तालिम दिदै आएको छ ।