६४ औ राष्ट्रिय सहकारी दिवसको अवसर पारी मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने नाराका साथ यहि चैत्र २० गते फलेवास नगरकार्यपालिकाको सहकार्य तथा डहरे देउराली बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको नगरपालिका स्तरीय माध्यमिक तहको वक्तृत्वकला तथा आधारभूत तहको म्युजिकल चियर प्रतियोगिता कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रममा वक्तृत्व तर्फ फलेवास नगरपालिका वडा नं। २ थापाठाना रहेको थापाठाना मा।वि। की कक्षा १२ मा अध्ययनरत छात्रा सुमित्रा थापा प्रथम स्थान प्राप्त गर्न सफल भएको उक्त प्रतियोगितामा क्रमशः फलेवास नगरपालिका वडा नं। ६ मा रहेको भवानी विद्यापिठकक्षा ११ मा अध्ययनरत छात्र सुजन सापकोटा दोस्रो, फलेवास न।पा। ६ देविस्थानमा रहेको फलेवास मोडल स्कुलको छात्रा जश्मिन कुँवर तेस्रो र फलेवास न।पा। ७ मा रहेको लिमिठाना मा।वि।का समर्पण शर्मा सान्त्वना भएका थिए । प्रतियोगितामा कुल ६ विद्यालयले सहभागिता जनाएका थिए । त्यसैगरी म्यूजिकल चियर छात्रा तर्फ थापाठाना मा।वि। प्रथम, ग्रामोदय माबि द्धितीय, भुमे आधारभूत तेस्रो, अन्नपूर्ण मा।वि। सान्त्वना हुन सफल भएर त्यसै गरी छात्र तर्फ जनजागृती आधारभूत प्रथम, ग्रामोदय मा।वि। द्धितीय, भुमे आधारभूत तृतीय तथ अन्नपूर्ण मा।वि। सान्त्वना भए । म्युजिकल चियर तर्फ ६ वटा विद्यालय सहभागिता जनाएका थिए ।


संस्थाका अध्यक्ष आकाश क्षेत्रीको सभाध्यक्ष तथा फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम संचालन संस्थाका सचिव भानु प्रकाश थापाले गरेका थिए । त्यसैगरी शिक्षा उपसमिति संयोजक विष्णु प्रसाद शर्माले स्वागत मन्तव्य राखेका थिए भने फलेवास नगर पालिका कार्यालयका प्रमुख पदमपाणी शर्मा, फलेबास नगरपालिका योजना ब्यबस्थापक देवीप्रसाद तिमिल्सिना ,मनकामना बचत तथा ऋण का अध्यक्ष उमाकान्त जैसी तथा वडा नं। २ का वडाध्यक्ष गंगानारायण श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए । संस्थाका व्यवस्थापक खेम भट्टराईले संस्थाकोआर्थिक गतिविधि प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहकारी कर्मी, संस्थाका शेयर सदस्य, कर्मचारी, थापाठाना मा।वि।का विद्यार्थी सहभागी भई प्रभात फेरी कार्यक्रममा सहभागी भएको थिए । त्यसैगरी थापाठाना मा।वि। र पर्वत ग्रिन पिस बोर्डिङ स्कुलका विद्यार्थी भाईवैनीले नृत्य प्रदर्शन गरेका थिए ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना विद्यार्थीले नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गरेका थिए भने सहभागी विद्यार्थीले सहभागिताको प्रमाण पत्र नगर प्रमुख पदमपाणी ज्यूबाट प्रदान गरिएको थियो । साथै नगरप्रमुखले डहरे देउराली सहकारी संस्थाको २०७८ सालको वार्षिक भित्रेपात्रो विमोचन गरेका थिए ।