नेपाल टे«ड युनियन कांग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारीले मानवसेवा आश्रम, छोरेपाटनलाई केही थान कुर्ची सहयोग गरी जन्मदिन मनाएका छन्।
अध्यक्ष भण्डारीले सहयोग गरेको २० थान कुर्ची मानव सेवा आश्रम कास्कीका संयोजक राजन सापकोटामार्फत आश्रमलाई हस्तान्तरण गरिएको थियो।
मानव सेवा आश्रम प्राङ्गणमा भएको कार्यक्रममा दियो बाली अध्यक्ष भण्डारीले कार्यक्रमको उद्घाटन गरेका थिए। केही समय अगाडि ट्रेड युनियन कांग्रेस कास्कीले कुर्ची हस्तान्तर गर्ने क्रममा बस्नको लागि कुर्चीहरु अझै अपुग भएको खबर पाएपछि जन्मोत्सवको अवसर पारेर कुर्चीहरु सहयोग गरेको उनले बताए।
“हामी जन्मोत्सव तथा अन्य अवसरमा अनावश्यक फजुल खर्च गर्छै त्यो खर्चलाई बृद्धाश्रम जस्ता अन्य स्थानमा सहयोग गरे त्यसले आत्मसन्तुष्टि र सामाजिक क्षेत्रमा समेत सहयोग पुग्छ,” उनले भने।
त्यसअवसरमा नेपाल ट्रेड युनियन कांग्रेस कास्की गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्मा, मानव सेवा आश्रम कास्कीका संयोजक राजन सापकोटा, नेपाल यातायात मजदुर संघ, गण्डकी प्रदेश अध्यक्ष किरणवावु पन्त, टे«ड युनियन कांग्रेस कास्कीका उपाध्यक्षद्वय कमल सापकोटा, पदम श्रेष्ठ, कोषाध्यक्ष शंकर खत्री, गुप्तेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेल लगायतले बोलेका थिए।
नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका सचिव रुद्र तिमिल्सिनाले सञ्चालन गरेको कार्यक्रम अध्यक्ष विजयराज भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो।

हेटौडाबाट २०६९ सालमा स्थापना भएको मानव सेवा आश्रम अहिले नेपालको १६ जिल्लाका २२ स्थानमा रहेकाछन्।
करिब ३ वर्ष अगाडिबाट सञ्चालनमा छोरेपाटनमा सञ्चालन भएको आश्रममा अहिले १ सय ६६ जना बृद्धबृद्धाहरु बस्दै आएका छन्।