पोखरा । सुरक्षा पालुवा बचत ता ऋण सहकारी संस्था लिमिटेड, पोखरा–३३ ले ६४ औं सहकारी दिवसका अवसरमा आज सरसफाई गरेको छ ।
पोखरा – ३३ कालिकास्थानस्थित प्रधान कार्यालय सहित पोखरा – ३३ कै लामगादी र पुँडीटारका साथै पोखरा – ८ को न्यूरोड एवम् पोखरा – २९ भण्डारढिकको सेवा केन्द्रहरूबाट सेवा प्रवाह भैरहेको सहकारीले समाजिक उत्तरदायित्व अन्तर्गत सरसफाई गरेको सहकारीका अध्यक्ष टुल्कनाथ आचार्यले जानकारी दिएका थिए।
कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा सजगता लगायतका कुरालाई दृष्टिगत गर्दै सरसफाई कार्यक्रम गरिएको उनले बताए। कार्यक्रममा ६० जना भन्दा बढ़ी व्यक्तिहरूको उपस्थिती रहेको र कार्यक्रमले सदस्यबीच पारस्परिक सहयोग र एकता नै सहकारीको गहना हो भन्ने सन्देश दिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत बिष्णुप्रसाद अधिकारीले जनाए ।
कार्यक्रममा कालिकास्थान बजार व्यवस्थापन समितिको पनि सहभागिता थियो ।








