रेडियो अन्नपूर्णको आयोजनामा चैत २१ गते शनिबार हुने १९ औं वृहत रक्तदान कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ । कोभिड महामारीका बिच हुने रक्तदान कार्यक्रममा सम्पूर्ण स्वास्थ्य सुरक्षाको व्यवस्थापनका साथमा रक्तदान कार्यक्रम सञ्चालन हुने स्टेशन म्यानेजर संजयकुमार मल्लले बताए ।

रेडियो अन्नपूर्णको परिसरमा शनिबार बिहान ७ बजे बाट शुरु हुने र दिउसो १ बजे सम्म रक्तदान कार्यक्रम जारी रहने कार्यक्रको सम्पुर्ण तयारी पुरा भएको संयोजक दीननाथ बरालले बताए।

रेडियोले बिभिन्न संघ सस्था सगँको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । यस्तै रक्तदान गर्ने हरुको अग्रिम नाम टिपाउने क्रम पनि जारी रहेको छ । जस अन्र्तरगत रेडियो अन्नपूर्णको तर्फबाट कार्यक्रम संयोजक दीननाथ बराल, संघसंस्था परिचालन संयोजक आरजुबिष्ट शल्यानी, प्रचार संयोजक सन्तोष बस्याल प्राविधिक संयोजक नारायण कँुइकेल, रेडियोका मार्केटिङ म्यानेजर नारायण पौडेल, रेडियो अन्नपूर्णकर्मी बासुदेव मिश्र, सविन रेग्मी, अरबिन विक्रम राणा, सुदीप पौडेल, निशा भारती, एलिजा क्षेत्री, हरी थापा, मीना थापा, स्वयम् सेवक परिचालन संयोजक कविता श्रेष्ठ, मार्केटिङ म्यानेजर निराजन पौडेल लगायातका रहेका छन् ।

त्यसैगरी कास्की नेत्रहीन संघको तर्फबाट संघका अध्यक्ष श्रीकान्त सापकोटा, उपाध्यक्ष अमृत बराल, सचिव कुसलराज पौडेल, कोषाध्यक्ष सम्राट गौतम, सहसचिव एवं पूर्व रेडियो अन्नपूर्णकर्मी सुनिता ज्ञवाली, अन्य सदस्यहरुमा डा.शरद कोइराला, उमनाथ अधिकारी, तिलमाया विक, अक्षय खड्की, हरी केसी, अधिवक्ता बिष्णु खनाल, शान्ती केसी, गण्डकी प्रदेश नेत्रहीन संघका अध्यक्ष लक्ष्मण सुवेदी लगायतले रक्तदान गर्ने भएका छन् । त्यसैगरी चियादानि पोखराको तर्फ बाट १५ जना युवाहरुको सहभागिता रहने छ ।

रेडियो अन्नपूर्णको १९ औं रक्तदान कार्यक्रम सफल पार्न प्राइम सहकारी संस्था लि. पोखरा र नेपाल इन्स्यारेन्स प्रोफेशनल सोसाइटी (निप्स) पोखरा च्याप्टरले सहकार्य गरेको छ । यस्तै विशेष सहयोगीमा सपना आयूर्वेद प्रालि, लायन्स क्लव अफ पोखरा गण्डकी दोभान (पोखरा), पोखरा इन्टरनेट प्रा.लि, लायन्स क्लव अफ पोखरा सेन्टिनियल पोखरा, एरोलाइट एएसी ब्लक, एक्टिभ इन्स्टीच्यूट अफ इन्फरमेसन टेक्नोलोजी चिप्लेढुङ्गा, बाजेको माछा महल शान्तिनगरचोक, व्याम्बो क्याटरीङ्ग सर्भिस ड्यामसाइड, कास्की नेत्रहीन संघ रहेको छ ।

प्रायोजन तर्फ डावर नेपाल प्रालिले जुस, आर.एल.पी अण्डा सप्लार्यसका संचालक राजु पौडेलले अण्डा, पोखरा फ्रुट सेन्टर काठमाण्डौंका संचालक अमर बानीयाले फलफूल, नेलम्वो नेपाल पोखरा ४ गैह्रापाटनले माक्स सेनीटाइजर, न्यू राष्ट्रियता छापाखाना भिमसेन टोल पोखराले प्रमाणपत्र छपाई, पेनगुइन मिनरल वाटर पोखरा २५ हेम्जाले पानी, तालवाराही फार्मेसी र परिचित मेडिकल गैह्रापाटन पोखराले मेडिकल सामग्री, गण्डकी धौलागिरी पेट्रोलियम डिलर एशोसियसन र कृषि विकास बैंकका महेश पौडेल रहेका छन् ।