पर्वतः पर्वतमा पहिलोपटक जिल्ला स्तरीय च्याउ संजाल गठन भएको छ ।
कृषकहरुको भेलाले पर्वतका अगुवा कृषक तथा फलेवास कृषि संजालका अध्यक्ष समेत रहेका फलेवास नगरपालिकाका विनोद भुसालको अध्यक्षतामा १५ सदस्य च्याउ संजाल गठन गरिएको हो ।
संजालको उपाध्यक्षमा कुश्मा नगरपालिकाका कृषक कमला कडेल क्षेत्री, सचिवमा जलजला गाउँपालिकाका एक बहादुर केसि, कोषाध्यक्ष मोदी गाउँपालिकाकी राधिका महत र कोषाध्यक्ष मोदी सह सचिवमा कुश्मा नगरपालिकाका संजय पुरी चयन भएका छन्।
सदस्यहरुमा राम प्रसाद पराजुली, मेघ बहादुर राना, निर्मला चपाई, लक्षमी मल्ल, पुस्कलराज पाण्डे, कालिराज चपाई, ज्ञानु गिरी, सुर्य बहादुर केसि, पुस्पा केसि र देउमाया गुरुङ रहेकी छन् ।
त्यस्तै ३ सदस्य सल्लाहकार समिति समेत गठन गरिएको छ । सल्लाहकार समितिमा लोकमाधव न्यौपाने, केस बहादुर रेग्मी र मित्रलाल शर्मा रहेको संजालका अध्यक्ष बिनोद भुसालले जानकारी दिए।
संजाल गठन कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाले पर्वतमा पनि च्याउ खेतीको उचित संभावना रहेको बताउदै कृषकहरुलाई व्यवसायीक रुपमा च्याउ खेतिमा लाग्न आग्रह गरिन् । कृषि क्षेत्रको विकास र प्रबर्द्धनका लागि कृषि ज्ञान केन्द्रले जोड दिएको उनको भनाइ छ । अगुवा कृषकहरु संगठित भएर कृषिमा लागेकोमा खुशी व्यक्त गर्दै उत्पादनमा जोड दिनुपर्ने थापाले बताइन् । नवगठित च्याउ संजालका अध्यक्ष भुसालले कृषि उत्पादनमा जोड दिन र कृषकहरूको हकगितमा काम गर्ने उदेश्यले संजाल गठन गरेको बताए ।