नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले अष्टेलियाका लागि नेपाली राजदुत महेश दाहालसँग अन्र्तक्रिया कार्यक्रम गरेको छ ।
पोखरामा सम्पन्न उक्त कार्यक्रममा अष्टे«ेलियामा बसोबास गर्दै आइरहेका नेपालीहरुको अवस्था, नेपाली विद्यार्थीहरुले अष्टेलिया पुगेपछि भोग्नुपर्ने समस्याहरु, नेपाल र कोभिड–१९ का कारण पछिल्लो एक वर्ष देखी स्थगित अष्टेलियाको अन्राष्ट्रिय उडानलगायतका विषयमा राजदुत दाहालले प्रस्ट्याउनु भएको थियो । मन्तव्यको क्रममा राजदुत दाहालले अन्तराष्ट्रिय शिक्षामा परामर्श व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहेको, अष्टेलियाका कलेज विश्वविद्यालयहरुले पनि परामर्श व्यवसायीहरुलाई विश्वास गर्ने कारणले सोही अनुसार नेपालमा रहेका परामर्श व्यवसायीहरुले पनि नेपाली विद्यार्थी तथा अविभावकहरुलाई सहि परामर्श दिनुपर्ने बताए। ।
ट्रेड कमिसन सर्भिस क्यानडाका नेपालका लागि ट्रेड एड्भाइजर तथा इक्यानका पूर्व प्रथम उपाध्यक्ष द्विराज शर्माले नेपाली विद्यार्थीहरुको अष्टे«ेलियाको अर्थतन्त्रमा योगदान रहेको, नेपाली विद्यार्थीहरुले एक असल र मिहेनेती विद्यार्थीको रुपमा परिचय बनाएको उनले बताए।
नेपाली विद्यार्थीहरुको प्रमुख गन्तव्य रहेको अष्टेलियामा हाल झण्डै एक लाख नेपालीहरु बसोबास गर्दै आइरहेका छन् भने करिब साठी हजार विद्यार्थीहरु अन्तराष्ट्रिय विद्यार्थीको रुपमा अध्ययन गरिरहेका छन् ।
इक्यान कास्कीका अध्यक्ष इविन्द्र तिवारीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य निवर्तमान अध्यक्ष भुवन क्षेत्रीले राखेका थिए भने कार्यक्रम सञ्चालन सचिव सन्तोष शाहीले गरेका थिए । कार्यक्रम पोखराको लेकसाइड स्थित होटल बाराहीमा सम्पन्न भएको थियो भने कार्यक्रममा इक्यान कास्कीका कार्यसमिति सदस्यहरु तथा साधारण सदस्यहरुको उपस्थिती रहेको थियो ।