स्याङ्जा जिल्लाका पत्रकार श्रीकृष्ण सिग्देललाई मातृशोक परेको छ।
पब्लिक आवाज साप्ताहिक पत्रिकाका अध्यक्ष, नेपाल प्रेस युनियन स्याङ्जाका निवर्तमान अध्यक्ष सिग्देलकी आमा ढाकाकुमारी सिग्देलको ८२ वर्षको उमेरमा निधन भएको परिवार स्रोतले जनाएको छ।
स्वर्गीय ढाकाकुमारीको अर्जुनचौपारीको आरुचौर स्थित आफ्नैनिवासमा सोमवार बिहान निधन भएको परिवारल हो। उनको सोमबारनै मोदिघाटमा हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरिएको छ।
पत्रकार महासंघ स्याङ्जा, प्रेस युनियन स्याङ्जा, प्रेस चौतारी स्याङ्जा, प्रेस सेन्टर स्याङ्जा लगायतले समवेदना प्रकट गरेकाछन् ।
पत्रकार महासंघ स्याङजाका अध्यक्ष ओम प्रकाश शर्मा, प्रेस युनियन स्याङ्जाका अध्यक्ष प्रदिप कोईराला, प्रेस चौतारीका अध्यक्ष मुक्ति प्रसाद न्यौपाने, प्रेस सेन्टरका अध्यक्ष प्रतिक्षा काफ्ले लगायतले स्वर्गीय आत्माको चीर शान्तीको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् । स्वर्गीय सिग्देलका ६ भाई छोरा र ४ छोरी रहेकाछन् ।