पोखरा महानगरपालिका वडा नं. १३ कमलपोखरीमा जुवा खेलिरहेको अवस्थामा ५ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा छापा मार्दा १३ हजार ४ सय पचपन्न रुपैयाँ र ३ बुक तास नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा जिल्ला लमजुङ मर्स्याङ्दी गाउँपालिका वडा नं. ९ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१३ कमलपोखरी बस्ने बर्ष ३६ को मानसिह गुरुङ, जिल्ला लमजुङ मर्स्याङ्दी गाउँपालिका वडा नं. ९ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं।१३ कमलपोखरी बस्ने बर्ष३९ को ईश्वरीराज गुरुङ, जिल्ला गोरखा भिमसेन गाउँपालिका वडा नं.२ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं।१३ कमलपोखरी बस्ने बर्ष बर्ष २९ को नबिन गुरुङ, जिल्ला लमजुङ क्होलासोथार गाउँपालिका वडा नं. ७ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १३ कमलपोखरी बस्ने बर्ष ५६ को राम बहादुर गुरुङ र जिल्ला कास्की मादी गाँउपालिका वडा नं। १० भाचोक घर भई हाल पोखरा महानगरपालिका वडा नं। १० बिरेन्द्रचोक बस्ने बर्ष ३६ को मन्त्री गुरुङ रहेका छन्।
उनिहरुलाई जुवा कसुर सम्बन्धी मुद्धामाअनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।

रामबजारबाट ५ जुवाडे पक्राउ