नेपाल पत्रकार महासंघको अधिवेशन यही चैत्र २५ गते हुन लागेको निर्वाचनमा साविक धवलागिरी अञ्चलमै एक्ला उम्मेदवार छविलाल तिवारी रहेका छन्।
नेपाल पत्रकार महासंघ पर्वत शाखाका अध्यक्ष तिवारीले केन्द्रीय सदस्य (खुल्लातर्फ) मा उम्मेद्वारी दर्ता गराएका छन्।
नेपाल प्रेस युनियनको गठबन्धनले तिवारीलाई केन्द्रीय सदस्य पदको लागि उम्मेदवार बनाएको हो।
नेपाल पत्रकार महासंघ र प्रेस युनियनको सांगठनिक नेतृत्वमा लामो अनुभव बटुलेका प्रेस स्वतन्त्रताको आन्दोलन र अभियानमा सशक्त भूमिका खेल्न सक्ने पत्रकार तिवारी महासंघको नेतृत्वमा ल्याउन आवश्यक रहेको नेपाल पत्रकार महासंघ पर्वत जिल्लाका पूर्व अध्यक्ष ओम घायलले बताएका छन्। “पत्रकार महासंघलाई क्रियाशील र श्रमजीवि पत्रकारहरूको साझा मूल्यमा रूपान्तरण गर्नुपर्छ भन्ने सोंच भएका, मोफसलको कठिन र चुनौतिपूर्ण पत्रकारिताको प्रतिविम्ब, एक जुझारु, सक्षम र क्रियाशील पत्रकार छविलाल तिवारीलाई नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य पदमा जिताउदा पर्वतको मात्र नभई सम्पूर्ण जिल्लाका पत्रकारको हक हितको लागि मार्गदर्शन रहने हुँदा देशभरका सम्पूर्ण पत्रकार साथीहरुमा हार्दिक अपिल गर्दछु” उनले भने।