“युवा एकता र विकाश को लागि खेलकुद“ भन्ने मूल नाराका साथ हुन लागेको “राष्ट्रिय शुभकामना गोल्डकप फुटबल प्रतियोगिता २०७८“ बारे शनिबार बृहद छलफल गरिएको छ । प्रतियोगिता २०७८ जेठ १ गते देखि ८ गते सम्म पोखरा २५ हेमजाको गौरिसंकर खेल मैदानमा हुदैछ ।

छलफल कार्यक्रममा गण्डकी प्रदेश फुटबल संघका प्रबक्ता रमेश कार्की र एन्फा कास्कीका उपाध्यक्ष जगत बहादुर थापाले प्रतियोगिता सफल पार्न आफुले गनुपर्ने सहयोग गर्न तयर भएको बताएका छन । कार्यक्रमका वक्ताले हेमजालाई फुटबल खेलको माध्यमबाट चिनाउनु पर्नेमा वोड दिएका थिए ।

हेमजा युनाइटेडको आयोजनामा पाचौँ संस्करणसम्म शुभकामना कपको रुपमा संचालित गरि रहेको थियो । आयोजकले प्रतियोगिता छैटौँ संस्करणमा आउदा गोल्डकपको रुपमा खेलाउन लागेको हो । अघिल्लो संस्करणसम्म प्रदेश स्तरीय प्रतियोगिता गर्दै आएपनि अब भने ए डिभिजनका क्लबको सहभागिता रहने भएको छ । आयोजक हेमजा युनाइटेडले अखिल नेपाल फुटबल संघ (एन्फा) र कास्की जिल्ला फुटबल संघलाई गोल्डकप संचालन गर्नकालागि स्विकृत माग गरेको थियो । सोहि स्विकृतको आधारमा एन्फाले क्लबलाई जेठको मिति दिएको हो ।

हेमजा युनाइटेका अध्यक्ष इन्द्र कुवरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब सुनिल गायकले गरेका थिए ।