विरामीको आफन्त भेट्न गएकी एक महिलालाई राजविराज स्थित छिन्नमस्ता अस्पतालमा कार्यरक चिकित्सक डा. राजन जयसवाल निलम्बन भएका छन्।
अस्पताल प्रशासक राजेश झाले एक विज्ञप्ति जारी गरी अस्पतालले तत्कालै डा जैसवाललाई निलम्बन गरेको जानकारी गराएका छन् ।
अस्पतालमा बुधबार जन्मिएकी नन्दकी छोरीलाई उपचार गराउन पुगेकी महिलासँग अस्पतालकै केबिनमा यौनजन्य दुव्र्यहार गरेको आरोपमा डा जैसवाललाई पक्राउ परेका हुन्।
पीडित महिलाले शुक्रबार नै जिल्ला प्रहरी कार्यालयमा बलात्कार प्रयासको उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाले आरोपितलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको बताएका छन्।
अस्पतालमा दुई दिनअघि तिलाठी कोइलाडी गाउपालिकाकी ३२ वर्षिया महिला सुत्केरी भएकी नन्दलाई भेट्न आएकी थिइन् । नन्दकी छोरीको स्वास्थ्य जाँच गराउन डा. जयसवालको कार्यकक्षमा जाँदा यौन दुर्व्यवहार गरेको उनले बताइन् ।
डिस्चार्ज भइसकेपछि घर जाने वेला डा.जैसवालले आवश्यक सल्लाहको लागि शिशुलाई भेट्न भनेर महिलालाई बोलाएका थिए। शिशुलाई जाँच्ने क्रममा आफ्नो पेट सुम्सुमाउने, संवेदनशिल अंग छुने र ब्लाउजको टाक नै खोलेर अश्लिल क्रियाकलाप गरेपछि कार्यकक्षबाट नै प्रतिकार गर्दै चिच्याएको उनले बताइन्।
प्रतिकार पश्चात विरामीका कुरुवा र अन्य स्वास्थकर्मी जम्मा भएको पीडितले बताइन्। डा. जैसवालले आफूले शिशु वच्चालाई आमाले स्तरपान कसरी गर्ने बारेमा सिकाउन खोजेको बताएका छन्।