भागरथी हत्या प्रकरणको आरोपमा परेका दिनेश भट्टको डीएनए र मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग मिलेको छ । केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा गरिएको परीक्षणमा भट्ट र मृतकको डीएनए मिलेको पाइएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार डिएनए स्वाबबाट प्राप्त नमूना मिलेसँगै प्रकरणको अनुसन्धान अझ बलियो भएको बताइएको छ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७, चुडेपानीकी भागरथी माघ २२ मा घरबाट विद्यालय गएर हराएकी उनीको माघ २३ खोचलेक क्षेत्रमा रहेको लवलेक जंगलमा शव भेटिएको थियो ।
प्रहरीले घटनामासंलग्नता देखिएको भन्दै ४ फागुनमा भट्टलाई पक्राउ गरेको थियो। भट्टलाई फागुन २६ मा जिल्ला अदालत बैतडीले पुर्पक्षका लागि दिपायलस्थित सुधार गृह पठाउन भनेको थियो । सुधार गृहमा रहेका वेला उनले आफू घटनामा संलग्न नरहेको विवरण दिएको कुरा सार्वजनिक भएको थियो।