गोरखाको आरुघाटको सालघारी जंगलमा मंगलबार आगो निभाउने क्रममा एकजनाको मृत्यु भएको छ।
आरुघाट–७, सातदोबाटो सालघारी जंगलमा आगालागी भएपछि आरुघाटका ७२ वर्षिय मोहन फेवागी मगर आगो निभाउन गएका थिए। आगो निभाउने क्रममा आगोले जली मगरको मृत्यु भएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरीले जनाएको छ।
वनको आगो घर नजिकैको परालको कुन्युमा आउन सक्ने भन्दै निभाउन गएका मगर लामो समयसम्म नफर्किएपछि खोजी गर्दा शव फेला परेको प्रहरीले जनाएको छ ।
बुधबार साँझ मृतकको घर छेउको सातदोबाटो सामुदायिक वन छेउमा रहेको बिजुलीको फ्युज जलेर वनमा आगो फैलिएको थियो । स्थानीयको सहयाेगमा आगो निभाए पनि हुरी बतासले पुनः आगो सल्किएको दाहालले बताए । ‘गाउँलेहरुले आगो निभाएपनि पूरै ननिभेको रहेछ, हावाहुरीले बुधबार साँझ पुनः आगो सल्किएको स्थानीयको भनाइ छ।
जंगलमा लागेको आगो अहिले भने नियन्त्रणमा आइसकेको छ।








