लोकतन्त्र वचाउनको लागि कांग्रेस नेतृत्व आवस्यकः सीता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा आदिवासी जनजाति संघका विभागीय प्रमुख सीता गुरुङले लोकतन्त्र वचाउनको लागि कांग्रेसको नेतृत्व आवस्यक रहेको वताएकी छन् ।
आदिवासी जनजाति संघ गण्डकी प्रदेशद्धारा विहीवार पोखरामा आयोजित पत्रकार सम्मलनमा वोल्दै उनले सो कुरा वताएकी हुन् ।
उनले आदिवासी जनजातिहरु कम्युनिष्ट हुन नसक्ने वताउदै लोकतन्त्र रक्षाको लागि जनजातिहरु एक हुनको विकल्प नभएको वताइन् ।
सामाजिक सांस्कृतिक रुपमा लोकतन्त्र वचाउन कांग्रेसको सरकार नै अपरिहार्य भएको उनले वताएकी छन् ।
उनले यही चैत्र १७ र १८ गते पोखरामा जनजाति प्रशिक्षण आयोजना गरिने वताइन् । गण्डकी प्रदेशका ११ जिल्लाका करिव १ सय ५० जना कार्यकर्ताहरु सो प्रशिक्षण कार्यक्रममा सहभागी हुने उनले वताएकी छन् ।
सो प्रशिक्षण सम्पन्न भए लगत्तै देशका अन्य प्रदेशमा पनि प्रशिक्षण कार्यक्रम आयोजना गरिने उनले वताइन् । सवैको पहिचान भेटिने र जातिय द्धन्द्ध मेटिने गरी प्रशिक्षणमा सहजिकरण गरिने उनले वताएकी छन् ।
सो अवसरमा वोल्दै पूर्व मन्त्री इन्द्रवहादुर गुरुङले काग्रेसले वाहेक अरु कुनै पार्टीले जनजातिको अश्थित्व स्वीकार गर्न नचाहने वताए ।
आदिवासी जनजाति संघ गण्डकी प्रदेशका संयोजक जीतवहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।