पर्वत/पदम श्रेष्ठ :
पर्वत जिल्लाको कुश्मा नगरपालिका र फलेवास नगरपालिकाका दैनिकी सयौं सवारी गुड्ने पुल (सेलिव्रिज) जोखिम हुँदा राज्यका सरोकारवाला निकाय मौन बसेका छन्।
पर्वत दोभिल्ला स्थित मोदि खोलामा रहेको सेलिब्रिज दयनिय अवस्थामा रहदाँ आवाज जावत गर्ने पर्वतवासीहरु त्रसित बनेका छन्।
करिब एक दशकको समयमा बनेको पुलको अहिले एउटा पाता उक्किएको छ। भने अन्य पाताहरुमा लगाइएका नटबल्टुहरुपनि कति फुस्केका छन् भने कति फुस्कने अवस्थामा छन्।
विगत डेढ महिनादेखि उक्किएको उक्त पाता न मर्मत सम्भार भएको न त्यस विषयमा राज्यले कुनै चासो नै देखाएको छ।
पर्वतको दोभिल्ला स्थित मोदि खोला पुलबाट दैनिक सयौं गाडी आवत जावत गर्दछन्। पकुवा, ठुलीपोखरी, पिपलटारी, कट्टुवा चौपारी, कार्किनेटा, थापाठाना लगायत फलेवास नगरपालिकाका सम्पूर्ण वडा र कुश्मा नगरपालिकाका केही वडाहरुलाई सदरमुकामसँग जोड्ने गर्दछ।
ठूला सवारी साधनहरु चलाउदा पुलमा डराइडराइ लैजानु पर्ने एक स्थानीय चालक बताउछन्। ‘पुल सानो छ त्यहीमाथि पाता उक्किएको छ, कथमकदाचित ध्यान दिन सकिएन भने पाङ्ग्रा खोलामा खस्छ। १ महिना भन्दा बढी भइसक्यो नेता देखि ठूलाबडा यही बाटो दैनिक हिड्छन् तर यसको विषयमा किन काम गर्न सकेका छैनन् अचम्म छ’ उनले भने।
दुइवटा नगरपालिकाको विचमा बनेको पुलमा दैनिक सवारी चलाउने र सवारीमा यात्रा गर्ने यात्रुहरुले जोखिम मोलेर पुल तर्न बाध्य छन्। क्षति भइसकेपछि गोहीका आँशु झार्ने हो कि वेलैमा संयमित भएर पुल ममर्त गर्ने हो। यसबाट भोलिका दिनमा हुने घटनाको जिम्मेवारी लिने कस्ले ? सम्वन्धित सरोकारावाला निकायले बेलौमा ध्यान दिन जरुरी छ। यो देखिएको पुलको समस्याले भोलिका दिनमा ठूलो दुर्घटना निम्त्याउन सक्छ।









